Logo
Logo

सिक्किमकी समाजसेवी काठमाडौंमा सम्मानीत


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ असोज । भारतको सिक्किम गान्तोककी बरिष्ठ समाजसेवी ललिता लामा ‘विशेष सेवा सम्मान–२०७६’द्वारा सम्मानीत भएकी छन् । फोकस नेपालले राजधानीमा संविधान दिवशको अवसरमा आयोजना गरेको विशेष कार्यक्रममा समाजसेवी लामालाई सम्मान प्रदान गरेको हो ।
शुभलक्ष्मी शोसल अर्गनाइजेशन, गान्तोककी अध्यक्ष लामा सम्मान ग्रहण गर्नकै लागि काठमाडौं आएकी हुन् । फोकस नेपालले सम्मान गर्ने निम्तो दिएपछि काठमाडौं आएकी लामासँग उक्त संस्थाका महासचिव उत्तम क्षेत्री, सचिव पवित्रा गिरि र सह–सचिव किरण शर्मा पनि काठमाडौं आएका छन् ।
‘नेपालको संविधान दिवशको अवसरमा सम्मान गर्ने खबर फोकस नेपालले गरेपछि नेपाल आएका हौँ’ समाजसेवी तथा शुभलक्ष्मी अर्गनाइजेशनकी अध्यक्ष लामाले भनिन्, ‘ऐतिहासिक दिनमा सम्मान थाप्न पाउँदा खुसी लागेको छ ।’
अध्यक्ष लामा लामो समयदेखि गान्तोकको इस्ट सिक्किम केन्द्रित समाजिक सेवा गर्दै आएकी छन् । मानव बेचबिखनविरुद्धको अभियानसँगै उनले असाहय बालबालिकासम्बन्धी समाज सेवा गर्दै आएको बताइन् । शुभलक्ष्मी शोसल अर्गनाइजेशनले बालश्रम, बाल यौंनहिंसा, घरेलु हिंसाविरुद्ध काम गर्दै आएको छ । अर्गनाइजेशनले सन् २००८ देखि असाहय र अनाथ बालबालिकाको उद्दार तथा परामर्शको काम गर्दै आएको संस्थाका महासचिव उत्तम क्षेत्रीले बताए । उक्त कार्य सिक्किम सरकारको सहकार्यमा गर्दै आएको अध्यक्ष लामाले बताइन् ।
समाजसेवामा योगदान पु¥याएवापत यसअघि पनि लामाले थुप्रै सम्मान तथा प्रशंसापत्र पाइसकेकी छन् । उनले सिक्किम स्टेट अवार्ड, डिस्ट्रिक अवार्ड जस्ता सम्मान पाइसकेको लामाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्