Logo
Logo

स्थानीय तहका जनप्रतिनिधिलाई नेकपाको दुईदिने प्रशिक्षण


- दृष्टि न्युज/संवाददाता


दोलखा, ५ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दोलखाले स्थानीय तहका जनप्रतिनिधि तथा स्थानीय कमिटीका पदाधिकारीलाई दुईदिने प्रशिक्षण दिएको छ ।
(नेकपा) दोलखाको आयोजनामा शुक्रबार र शनिबार गरी दुई दिन स्थानीय तहका जनप्रतिनिधि, स्थानीय तह कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका सदस्यका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।
प्रशिक्षण कार्यक्रममा (नेकपा)का स्थायी कमिटी सदस्य तथा स्कूल विभाग उपप्रमुख वेदुराम भुषालले पार्टीको राजनीतिक कार्य्दिशा, स्कूल विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य देवेन्द्र पौडेलले निर्वा्चित जनप्रतिनिधि र स्थानीय तहको सम्बन्धको विषयमा प्रशिक्षण दिएका थिए ।
त्यसैगरी प्रदेश नं ३ का सहइन्चार्ज हितमान शाक्यले सङ्गठन सम्बन्ध, अन्तरसम्बन्ध तथा प्रदेश नं ३ का सचिव आनन्द पोखरेलले सरकारले गरेको काम र भावी दिशाको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षण कार्यक्रमको समापन गर्दै (नेकपा) दोलखाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले स्थानीय तहमा नागरिकको चाहनाअनुसार काम हुन नसकेको भन्दै जनप्रतिनिधि र नागरिकको बीचमा दूरी बढ्न थालेको र त्यस्ता विषयको निराकरण गर्नका लागि पार्टी प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताए ।
प्रशिक्षण कार्यक्रममा दोलखाका दुई नगरपालिका र सात गाउँपालिका गरी नौ वटै स्थानीय तहका जनप्रतिनिधि, स्थानीय तहका कमिटी, जिल्ला कमिटीका सदस्यको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्