Logo
Logo

मिर्गौलापीडित योगीलाई आर्थिक सहयोग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ असोज । दुवै मिर्गौलापीडित दिलकुमारी योगीलाई ४३ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ । बहराइनमा कार्यरत नेपालीले संकलन गरेको ४२ हजार र नेपालमा तिर्थराज लिम्बूले एक हजार थपेर जम्मा ४३ हजार विमारीलाई हस्तान्तरण गरिएको हो ।
हाल मोरङको पथरीमा बस्दै आएकी मिर्गौलापीडित योगीको आर्थिक सहयोगका लागि कानेपोखरी–७ का (हाल बहराइन) भिमकुमार श्रेष्ठको पहलमा रकम संकलन भएको हो ।
तेह्रथुमको ओयाजुङमा जम्मिएकी ३८ वर्षीया योगी लामो समयदेखि मिर्गौला रोगबाट पीडित छिन् । दुवै मिर्गौलापीडित योगीको आर्थिक अवस्था कमजोर रहेकाले उनको उपचारका लागि सहयोगको अपिल समेत गरिएको छ । योगीले लामो समयदेखि डायलोसिस गर्दै आएकी छन् ।
डायलोसिस गर्न समेत आर्थिक अभाव भएकाले मिर्गौलापीडित योगीका लागि ‘दिलकुमारी योगी बचाऊँ अभियान’अन्र्तगत सहयोगी मनहरुलाई सहयोगका लागि अपिल गरिएको उनको पति कुमार योगीले बताए ।
आर्थिक सहयोग गर्न चाहनेहरुले विमारीलाई सिधैं मोबाइल नं. ९८४३३३८९४८/९८२४३३२७९१ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्