Logo
Logo

माओवादी-कांग्रेसलाई एकैपटक समाप्त पार्ने षड्यन्त्र



सम्भवत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का लागि प्रधानमन्त्री पद यो नै अन्तिम अवसर हो । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति गरेका प्रचण्डले कतिबेला प्रधानमन्त्री पदबाट राजीनामा दिने हो, त्यसको केही टुंगो छैन ।

प्रतिनिधिसभा निर्वाचनमा प्रतिगमन विरोधी पाँचदलीय गठबन्धनबाट गोरखामा निर्वाचन लडेका प्रचण्ड प्रधानमन्त्री पदकै लागि पाँचदलीय गठबन्धन तोडेर प्रतिगामी कित्तामा उभिन पुगेका छन् ।

निर्वाचन अगाडि अग्रगमनको पक्षमा उभिएका प्रचण्डलाई निर्वाचनपछि प्रतिगमनको पक्षमा उभिन कसले बाध्य पार्यो भन्ने कुरा झट्ट हेर्दा शेबहादुर देउवाको अनुहार आएपनि पर्दा पछाडिको खेलाडीको अनुहार अझै खुल्न सकेको छैन ।

एमाले अध्यक्ष केपी शर्मा ओली राजनीतिक चरित्रका व्यक्ति होइनन्, उनी षडयन्त्रकारी हुन भन्ने कुरा ओलीको हरेक गतिविधिले प्रष्ट पार्दै आएको छ ।

२०७४ सालमा आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने भनेर प्रचण्डसँग सहमति गरेका ओलीले प्रधानमन्त्री दिनुपर्ला भनेर दुई तिहाईको संसद नै भंग गरिदिए । त्यतिमात्र होइन, चोलेन्द्र शमशेर राणालाई प्रयोग गरेर नेकपा नै भंग गरिदिए । यो सब षडयन्त्र प्रचण्डको राजनीतिक भविश्य समाप्त पार्न गरिएको थियो ।

तर, पाँचदलीय वाम–लोकतान्त्रिक गठबन्धनले प्रचण्ड र उनको पार्टीलाई जोगाउने काम गर्याे । परिणाम पाँचदलीय गठबन्धनलाई प्रचण्डले धोका दिए । जुन उद्देश्यले पाँचदलीय गठबन्धन बनेको थियो, त्यो उद्देश्यमा प्रचण्ड अड्न सकेनन् ।

अब, उनी पृथ्वीजयन्तीमा सिंहदरबार अगाडि फुलमाला अर्पण गर्ने र राजा महाराजालाई तर्पण दिने ठाउँमा पुगेका छन् । अब ओली र राजेन्द्र लिङ्देनले जे–जे भन्छन्, त्यो–त्यो मान्न प्रचण्ड बाध्य छन् । नभए उनको भविश्य घर न घाटको हुने पक्का छ ।

राजनीति सिद्धान्त र विचारको आधारमा हुन्छ भन्ने कुरा कसैलाई सिकाइ रहनुपर्ने कुरा होइन । नभए राजनीति किन, के का लागि गर्ने भन्ने प्रश्न खडा हुन्छ । त्योबाहेक नेपालमा लोकतन्त्र स्थापना गर्नेदेखि गणतन्त्रको यात्रासम्म वाम–लोकतान्त्रिक दलहरूबीच सहकार्य भएको इतिहास छ ।

जहाँ षडयन्त्र हुन्छ, त्यहाँ विश्वासले काम गर्दैन । त्यसैले देउवाको कारण कांग्रेसले सबै कुरा गुमाएको होइन । माओवादी र कांग्रेसलाई एकैपटक समाप्त पार्न ओलीमार्फत यो षड्यन्त्र गरिएको हो ।

तर, त्यही इतिहास मास्न खोज्नेहरूसँग कांग्रेस र कम्युनिष्टले सहकार्य गरेको इतिहास छैन । यद्यपि, कांग्रेस र कम्युनिष्ट बीचको झगडाबाट प्रतिगामी शक्तिहरूले बेला–कुबेला फाइदा भने लिएका छन् । त्यस्तो स्थिति दोहोरिन दिनु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको भविश्यमाथि खतरा हो ।

१० वर्षे जनयुद्धको जगमा टेकेर यति ठूलो राजनीतिक परिवर्तन गरेका क्रान्ति नायक प्रचण्ड प्रतिगामी कित्तामा विलय हुनु भनेको उनको राजनीतिक भविश्य समाप्त हुनु त गौण कुरा हो, उनको कारण जनयुद्धका उपलब्धि कमजोर हुनु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको आयु ढिलो–चाँडो समाप्त हुनु हो । त्यसका लागि प्रतिगामी, पुनर्उत्थानवादी तत्वले ओलीमार्फत प्रचण्डलाई निर्वाचन अगाडि नै आफ्नो जालोमा फसाइसकेका थिए । त्यो कुरा बुझ्न ढिलो गर्दा यो अवस्था आएको हो ।

बाँकी घटनाक्रममले जो जसको कमजोरी देखिए पनि त्यो कमजोरी थिएन, विश्वास थियो । जहाँ षडयन्त्र हुन्छ, त्यहाँ विश्वासले काम गर्दैन । त्यसैले देउवाको कारण कांग्रेसले सबै कुरा गुमाएको होइन ।

माओवादी र कांग्रेसलाई एकैपटक समाप्त पार्न ओलीमार्फत यो षड्यन्त्र गरिएको हो भन्ने कोणबाट राजनीतिक विश्लेषण गरियो भने मात्र यो संविधान जोगिन्छ । नभए, जनयुद्धको सम्पूर्ण उपलब्धि समाप्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्