Logo
Logo

मार्क्सवादी यात्राका अविराम घनश्याम



घनश्याम भुसाल माक्र्सवादी दर्शनका किरा हुन् । उनले नेपालको कम्युनिष्ट आन्दोलनमा करिब ४० वर्षभन्दा बढी समय खर्चेका छन् । विद्यार्थीकालदेखि जुझारु नेताको रुपमा चिनिने भुसाल विद्यार्थी राजनीतिकै क्रममा धेरैपटक जेल परेका नेता हुन् ।

मार्क्सवादी राजनीतिको माध्यमबाट नेपाललाई आर्थिक विकासको बाटोमा लैजाने सपनाले उनलाई अहिलेसम्म पछ्याइरहेको छ । कम्युनिष्ट भनेका सोझा, इमानदार हुन्छन् भन्ने बुझेका भुसालले पनि आफूलाई सादा जीवन उच्च विचारको बाटोमा डोहोर्याए ।

जीवनको जस्तोसुकै उकाली ओरालीहरूमा पनि भुसाल थाकेनन् । निरन्तर क्रान्तिको बाटोमा लागिरहे । उनको अविराम यात्रा अहिलेसम्म जारी छ ।

जब २०४७ सालमा एमाले र माओवादीबीच एकीकरण गर्ने सहमति भयो, त्यसबाट उनी हौसिए । दुईतिहाइको सरकारले राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र सुशासनको बाटो पहिल्याउनु पर्छ । इतिहासले पटक–पटक मौका दिँदैन, अहिले जनताले दिएको जनमत अनुसार अगाडि बढ्नुपर्छ भन्ने आशा र भरोसाले उनी मन्त्री पनि भए ।

एकीकृत समाजवादी पार्टी इमान्दार, त्यागी नेता, कार्यकर्ताहरूको पार्टी हो । यसको नेतृत्व भुसालले कसरी गर्छन्, त्यसले उनको भविष्य तय गर्छ । आशा गरौं, ढिलो चाँडो इमान्दार नेता कार्यकर्ताहरू घनश्यामकै बाटोमा लाग्नेछन् ।

जब एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच विवाद भयो, तब भुसालहरू विवाद समाधान गर्न लागे । अन्ततः भुसालहरूको केही लागेन, ओलीले दुईतिहाइको संसद् भंग गरिदिए । त्यसपछि भुसाल प्रतिगमनका विरुद्ध सडकमा ओर्लिए । त्यो कुरा ‘बादशाह’ ओलीलाई मन परेन र आफ्नो विरोधी जतिलाई प्रतिशोधपूर्ण कारबाही गरे ।

कुनै पनि माक्र्सवादी, लेनिनवादी नेता कार्यकर्ताले प्रतिगमन ठीक हो भनेर ओलीको दलाली गरेनन्, बरु नेकपा एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी पार्टी स्थापना गरे ।

एकीकृत समाजवादी पार्टी स्थापना हुनासाथ भुसालहरूले माधवकुमार नेपाललाई साथ दिएको भए घनश्यामहरूको स्थिति ‘किन रोइस मंगले आफ्नै ढंगले’ हुने थिएन । तर, प्रतिगमन बेठिक पनि हो भन्ने तिनै प्रतिगमनकारीसँग गठजोड गर्दा भुसाल एक्लिए । तै पनि एक्लो यात्रा तय गर्दै प्रतिनिधिसभाको निर्वाचनसम्म होमिए । जब उनले निर्वाचन जित्न संगठन बलियो हुनुपर्छ भन्ने महसुस गरे, तब उनी नेकपा (एकीकृत समाजवादी) पार्टीमा समाहित भएका छन् ।

एकीकृत समाजवादी पार्टी इमान्दार, त्यागी नेता, कार्यकर्ताहरूको पार्टी हो । यसको नेतृत्व भुसालले कसरी गर्छन्, त्यसले उनको भविष्य तय गर्छ । आशा गरौं, ढिलो चाँडो इमान्दार नेता कार्यकर्ताहरू घनश्यामकै बाटोमा लाग्नेछन् । किनभने, यात्रा अविराम छ ।

प्रतिक्रिया दिनुहोस्