Logo
Logo

आइएमई जनरल इन्स्योेरेन्सको २५औँ बार्षिक साधारण सम्पन्न



काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २५औँ वार्षिक साधारणसभा यही माघ ९ गते सोमबार होटल लि हिमालयमा सम्पन्न भएको छ । साधारणसभामा अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा जानकारी गराएका थिए ।

सभालाई अध्यक्ष ढकालले समीक्षा वर्षदेखि हालसम्मको देशको आर्थिक तथा राजनीतिक अवस्था र त्यसको कारणबाट समग्र बीमा क्षेत्रमा परेको प्रभावको बारेमा समेत जानकारी गराए । २४औँ साधारणसभामा गरिएको भवन निर्माणको प्रतिबद्धताका बारेमा सभालाई जानकारी दिँदै उहाँले समीक्षा बर्षमा कम्पनीको पानीपोखरी स्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिटको २ तल्ला पार्किङ सहितको ११ तल्ले भवन निर्माणको क्रममा रहेको र निर्माण सम्पन्न पश्चात उक्त भवनबाट कम्पनीले करिब ४ देखि ५ करोड वार्षिक आम्दानी गर्ने पनि जानकारी गराए ।

त्यसैगरी कम्पनीले ७ वटै प्रदेश र अनलाइनको मध्यमबाट बीमालेख खरिद गर्न सक्ने गरी सेवा प्रदान गर्ने र आइजीआई हेल्थ प्लस बीमालेखको माध्यमबाट पारिवारिक स्वास्थ्य बीमामा चालु आवमा उल्लेख्य सेवा प्रदान गर्ने जानकारी गराउँदै सेवामा विविधता र शाखारहित बीमामा प्रविधिको प्रयोग गरी सहज बीमा सेवा प्रदान गर्ने जानकारी दिए । कम्पनीले गत बर्षको दाँजोमा १६.४७ प्रतिशतले बीमा प्रिमियम संकलनमा वृद्धि हासिल गरेको साधारण तथा विशेष प्रस्ताव सभाले स्वीकृत गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको २५औँ बार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई स्वागत गर्दै कम्पनीले आफ्ना ग्राहक महानुभावहरु, लगानीकर्ता, नियमनकारी निकायहरु र कर्मचारी साथीहरुको टिमको सहयोगबाट कम्पनी अघि बढिरहेको जानकारी गराए । बीमाको पहुँचलाई देशको सबैक्षेत्रमा पु¥याउने हेतुले ७ वटै प्रदेशबाट बीमा सेवा प्रदान गर्दै आइरहेको जानकारी गराए । आव २०७७÷७८ मा रु १ अरब ५२ करोड ११ लाख बीमा शुल्क आर्जन गरेकोमा समीक्षा बर्षमा रु. १ अरब ७७ करोड १६ लाख बीमाशुल्क आर्जन गरी गत बर्षको दाँजोमा १६.४७ प्रतिशतले बीमा शुल्क वृद्धि भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्