Logo
Logo

छोरीको विवाहमा जीवन बीमा उपहार !



काठमाडौं । धरान–१५, सुनसरी निवासी कमला राईले आफ्नो जेठी छोरी रुबिना राईको विवाहमा जीवन बीमा योजना उपहार दिएकी छन् । यही माघ ६ गते भएको विवाहमा कमला राईले छोरी रुबिना राई र ज्वाइँ सञ्जित लिम्बूलाई वैवाहिक जीवनको शुभकामना प्रदान गर्दै प्रभु लाइफ इन्स्योरेन्सको उक्त जीवन बीमा योजना उपहार दिएकी हुन् ।

विवाहका अवसरमा सुनिश्चित र निर्धक्क जीवनयापनार्थ उक्त उपहार दिएको कमला राईले बताइन् । जीवन बीमा योजना उपहार दिँदा यसले विशेष महत्व राख्ने र नयाँ संस्कारको सुरुवात हुने विश्वास व्यक्त गरिन् ।

कमला राई प्रभु लाइफ इन्स्योरेन्सको धरान शाखाअन्तर्गत बीमा अभिकर्ता वरिष्ठ एजेन्सी म्यानेजर छिन् । समाज परिवर्तन आफैँबाट हुनुपर्छ भन्दै उनले जीवन बीमा पोलिसी हस्तान्तरण गरिन् ।

वैवाहिक कार्यक्रममा स्थानीय, आफन्त, पाहुनाका साथै प्रभु लाइफ इन्स्योरेन्सका तर्फबाट प्रदेश १ प्रमुख पुष्कर भट्टराई र धरान शाखा प्रमुख सन्तोष राई एवं अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

इन्स्योरेन्सका प्रदेश प्रमुख पुष्कर भट्टराईले जीवन बीमा बधाई तथा नयाँ संस्कारको सुरुवात गरेकामा व्यक्त गरे । धरान शाखा प्रमुख सन्तोष राईले जीवन बीमा गर्नलाई धेरै ठूलो आर्थिक स्रोत चाहिन्छ भन्ने हुन्न, भइरहेको आम्दानीबाट हुने खर्चलाई व्यवस्थापन गरेर पनि सहजै जीवन बीमा गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्