Logo
Logo

सञ्चय कोष भवन लगनखेलमा माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउन्टर



काठमाडौं । सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले ललितपुर, लगनखेलस्थित कर्मचारी सञ्चय कोष भवनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

बैंकले माघ ९ गते सोमबार औपचारिक कार्यक्रम आयोजना गरी एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको हो । कर्मचारी सञ्चय कोषका सहप्रशासक जीवनकुमार कटवालले उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका थिए ।

कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा अन्य उच्च पदस्थ कर्मचारीको समेत उपस्थिति रहेको थियो । सो एक्सटेन्सन काउन्टरको स्थापना भएसँगै बैंकको हालसम्म देशभर ११ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् ।

बैंकले देशका हरेक वर्ग तथा समुदायसम्म बैंकिङ सेवाको पहुँचका लागि नयाँ–नयाँ स्थानमा सेवा विस्तार गर्दै आएको छ र नयाँ एक्सटेन्सन काउन्टरमार्फत ग्राहकको खाता खोल्ने, निक्षेप संकलन तथा भुक्तानी, विप्रेषणलगायतका अन्य बैंकिङ सुविधा समेत प्रदान गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्