Logo
Logo

हिमालयन बैंकको निःशुल्क स्वास्थ्य शिविर



काठमाडौं । हिमालयन बैंक लिमिटेडले बंैकको ३०औँ वार्षिकोत्सवको अवसरमा नेत्रधाम फाउन्डेसनको सहकार्यमा माछापुच्छ«े स्वास्थ्यचौकी, टुसे, कास्कीमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरेको छ ।

बंैकको कर्मचारी संगठनको समन्वयमा केन्द्रीय कार्यालय, कमलादीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । डा. सन्यम बजिमय टोलीको नेतृत्व, नेत्रधाम फाउन्डेसनको सहकार्य तथा हिमालयन बंैकको सहयोगमा ४ माघदेखि ६ गतेसम्म निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको हो ।

उक्त तीनदिने शिविरमा माछापुच्छ«े गाउँपालिकाका तीन सय ९० जनाले निःशुल्क आँखा परीक्षण गराएका छन् भने २६ जनाले निःशुल्क मोतिबिन्दु र जलबिन्दुको शल्यक्रिया गराएका छन् ।

यही ७ माघमा केन्द्रीय कार्यालयमा सम्पन्न गरेको रक्तदान कार्याक्रममा १०० जनाले रक्तदान गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्