Logo
Logo

सिटिजन्स बैंकका ग्राहकलाई जर्मन होम्स हस्पिटालिटीको सेवामा १० प्रतिशत छुट



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र भक्तपुरस्थित जर्मन होम्स हस्पिटालिटी बिच विशेष सम्झौता भएको छ । बैंक र हस्पिटालिटीबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने सम्झौता भएको हो ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले जर्मन होम्स हस्पिटालिटीका विभिन्न सेवाहरुमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरि फैलिएका आफ्ना १८२ वटा शाखा, १३४ वटा एटिएम र ९७ वटा शाखारहित बैंकिङ इकाइहरुबाट करिब १५ लाख २६ हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्