Logo
Logo

सशस्त्रमा बदनामहरूको हालिमुहाली



काठमाडौं । सशस्त्र प्रहरीमा नेतृत्वले सुधारको प्रयास थाले पनि वर्षाेदेखि मुख्यालयमा हालिमुहाली जमाएर बसेका केही अधिकृतको कारण उनको प्रयास सफल हुन सकेको छैन । कतिपय अधिकृतको मुख्यालयको महत्वपूर्ण शाखा १५ वर्षदेखि छाडेका छैनन् ।

मुख्यालयमा हालिमुहाली गर्दै आएका कानून शाखाका एसएसपी युबराज अर्याल तथा लेखाका एसपी होम ज्ञवाली यस्ता अधिकृत हुन्, जसको व्यक्तिगत स्वार्थका लागि संगठनको चेन अफ कमाण्डमा नै असर पर्ने निर्णय हुँदै आएका छन् । आफुहरु बढुवा हुनकै लागि उनीहरुले कानून र लेखा समूह मात्र बनाएनन्, दरबन्दी समेत थप्न लगाए ।

यसरी चोरबाटोबाट आफ्नो ब्याचभन्दा अगाडि फड्को मारेका उनीहरु अब प्रशासनतर्फ फर्कने छिद्रसमेत खोजिरहेको सशस्त्र प्रहरी स्रोत बताउँछ । जो प्रहरी महानिरीक्षक आएपनि चाकडी गरेर प्यारो हुने र सशस्त्र मुख्यालयमा बसेर चलखेल गर्ने उनीहरुको हर्कत देखेर सशस्त्र प्रहरीका उच्च अधिकारी समेत आश्चर्यमा परेका छन् । सशस्त्रमा सि.स ३ का अधिकृतहरु अझै डिएसपीमै छन् । तर, सि.स. ४ का एसपी भएपछि सशस्त्र मुख्यालयमा उनीहरुलाई देख्दा पनि अन्य अधिकृतहरु देखे पनि नदेखेजसो गर्दछन् । यसले संगठनको चेन अफ कमाण्ड नै अस्तव्यस्त बन्न पुगेको छ ।

स्वयम्भूमा आलिसान बंगला बनाएका लेखाका डिएसपी महेन्द्र हमाल पनि लामो समयदेखि मुख्यालयमा अड्डा जमाउँदै आएका छन् । सिपाहीमा जागिर खाएका उनले लेखाबाटै अकुत सम्पत्ति जोडेको बताइन्छ ।

डिएसपी गणेश मल्ल पनि बिगत ५ बर्षदेखि केन्द्रीय लेखामा तर मार्दै आएका छन् । अब उनको सेटिङमा केन्द्रिय लेखाकै एसपी सुरेश खतिवडासँग जोडिएको छ । बर्षौं केन्द्रिय लेखामा अड्डा जमाएका सइ लक्ष्मण पौडेलले पनि लेखाको बदमासीबाट कमाएर हलचोक नजिक बंगला बनाएका छन् ।

त्यस्तै, डिएसपीहरु मणिकर्ण राई, सुदिप रेग्मी, बिनोद कार्की, उमेश थापा , इन्सपेक्टरहरू गोबिन्द कार्की, प्रदिप बुढाथोकी, भर्ना शाखाका इन्सपेक्टर श्याम खकुरेल लगायत वर्षाैदेखि मुख्यालय छाडेका छैनन्, मानौ उनीहरुबिना केन्द्रीय कायालय नै चल्दैन ।

उता, सवारी शाखाका एसएसपी प्रमोद साहका कारण करिब आधा दर्जन नयाँ बस कबाडी बन्न लागेका छन् । खुल्ला आकाश मुनि राखिएका ती नयाँ गाडीलाई जस्ताको छानो समेत नहालिएको अबस्थामा छ । जसकारण बस बिग्रिएका छन् ।

कर्णाली बाहिनीमा हुँदा रासन अनियमिततामा मुछिएका डिआइजी अभि खत्री भने मधेस बाहिनी जाने दौडधुपमा छन् । संगठनले कार्यालयको काम बाहेक राजनीतिक भेटघाट बन्द गरेपनि उनको दौधडुप रोकिएको छैन । लेखा स्टोरमा आगलागी घटनामा समेत मुछिएका व्यक्ति हुन् खत्री । यता कमजोर कमान्ड भएका एसएसपी कृष्ण ढकाल, मनिष थापा पनि तालिमकेन्द्र जानको लागि लबिङमा लागेका छन् ।

गत बर्ष कमाउ अड्डा नपाएपछि अनेक बहाना बनाएर कमान्ड नगई फौजी अनुशासनविपरीतको गतिविधि गरेका एसपी समिक महर्जन अहिले कार्यदल गण जान सफल भएका छन् । प्रधानमन्त्री प्रचण्डसँगको निकटता देखाएर अरुलाई तर्साउने डिएसपी दर्शन गिरी पनि सोही गणमा कार्यरत छन् । जहाँ उनले मातहतका प्रहरीमाथि शोषण गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्