Logo
Logo

सिटिजन लाइफले प्रिमियम मूल्यमा सेयर जारी गर्ने


630
Shares

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीको पाँचौँ वार्षिक साधारणसभाले प्रिमियम मूल्यमा साधारण सेयर सार्वजनिक निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले कम्पनीका अध्यक्षको मन्तव्यसहित सञ्चालक समितिकोे आव ०७७÷७८ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गरेको जनाइएको छ । साथै, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष ०७७÷७८ को वासलात, नाफा–नोक्सान हिसाब, आय–व्यय हिसाब, इक्युटीमा भएको परिवर्तनसम्बन्धी विवरण तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरूसहितको वित्तीय विवरण छलफल गरी पारित गरेको कम्पनीले जनाएको छ ।

सभाले आव ०७८÷७९ का लागि कम्पनीको लेखापरीक्षकमा श्री जोशी एन्ड भण्डारी, चार्टर्ड एकाउन्टेन्ट्स (वर्तमान लेखापरीक्षक)लाई गरिएको नियुक्ति अनुमोदन गरेको जनाइएको छ । त्यस्तै, कम्पनीको सञ्चालकमा नियुक्त भएका दावाफुटी शेर्पा र अभिनव जंगबहादुर राणाको नियुक्ति अनुमोदन गर्नुका साथै स्वतन्त्र सञ्चालक श्रीमान कार्कीको नियुक्ति अनुमोदन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्