Logo
Logo

विभिन्न संस्थालाई महालक्ष्मी विकास बैंकको सहयोग


315
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका विभिन्न शाखाहरूले विभिन्न संस्थाहरूलाई सहयोग गरेका छन् । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत असहाय, ज्येष्ठ नागरिक तथा विद्यालयलाई सहयोग गरेका हुन् ।

बैंकको हेटौँडा शाखाले मानव सेवा आश्रमलाई भवन निर्माणका लागि २० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको जनाइएको छ । सहाराविहीन, अशक्त, असहाय, शारीरिक तथा मानसिक रूपमा कमजोर आदिका लागि खाना, कपडा र बस्ने व्यवस्था गरी सहारा प्रदान गर्दै आएको आश्रमलाई भवन निर्माणमा सहयोग पु¥याउने उद्देश्यले आर्थिक सहयोग प्रदान गरेको बैंकले उल्लेख गरेको छ ।

त्यस्तै, बैंकको सुकेधारा शाखाले मैजुहिटी वडा नं ७ काठमाडौंमा रहेको टोखा ज्येष्ठ नागरिक समाजलाई टेबल हस्तान्तरण गरेको जनाएको छ । नगरपलिकाका वडा नं १ देखि ११ सम्मका ज्येष्ठ नागरिकलाई पर्न सक्ने कठिन कार्यमा सहयोग पु¥याउन स्थापित यस समाजमा कार्यालय प्रयोजनार्थ टेबल प्रदान गरेको जनाइएको छ ।

बैंकको चन्द्रौटा शाखाले पनि शिवराज नगरपालिका वडा नं ५ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा नर्सरीदेखि कक्षा तीनसम्म अध्ययनरत एक सय ८६ विद्यार्थीलाई स्विटर हस्तान्तरण गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्