Logo
Logo

प्रभु बैंक र हिमालय दृश्य रिसोर्टबीच आकर्षक छुट सम्झौता



काठमाडौं । प्रभु बैंक र धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टबीच विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट पुतलीसडक शाखा कार्यालय प्रमुख चिजन पौडेल र हिमालय दृश्य रिसोर्टका तर्फबाट सहयोगी निर्देशक बबिता पाण्डेद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र उक्त रिसोर्टबीच सम्पन्न सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहक महानुभावले हिमालय दृश्य रिसोर्टद्धारा सञ्चालित ‘फुड’ र ‘वेभरेज’ (ए’ला कार्ट मेनु) सेवामा १० प्रतिशतका छुट प्राप्त हुने भएको छ ।

उतm सम्झौताअन्तर्गत हिमालय दृश्य रिसोर्टमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहक महानुभावले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानल प्रयोग गरी भुक्तानी गर्दा, हिमालय दृश्य रिसोर्टका उल्लेखित सेवामा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभाव लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्