Logo
Logo

प्रहरी अस्पतालमा चलखेल



काठमाडौं । नेपाल प्रहरीको अस्पतालमा करोडौै कमिसनको चलखेल अघि बढेको छ । करिब २६ करोड रुपैयाँमा टेस्ला एमआरआई मेसिन खरिद गरी चार करोड कमिसनको खाने चलखेल सुरु भएको हो ।

एक निश्चित कम्पनीलाई मिल्ने गरी स्पेशिफिकेन बनाई लागत अनुमान बराबरकै उच्च दररेटमा टेन्डर दिएर करोडौं कमिसन लेनदेन हुन लागेको हो । स्रोतका अनुसार चिनियाँ कम्पनी सिमेन्सको एमआरई खरिद गर्ने भित्रि सेटिङ मिलिसकेको छ ।

सिमेन्सको नेपालको लागि आधिकारीक बिक्रेता कम्पनी इष्ट वेष्ट कन्सर्नले यसमा प्रहरी अस्पतालमा सेटिङ मिलाइसकेको छ । जसअनुसार आइतबार टेण्डर खुलेको छ । स्रोतका अनुसार सोही कम्पनीलाई मिल्ने गरी स्पेशिफिकेन तयार गरिएको छ ।

इष्ट वेष्ट कन्सर्नका सञ्चालक शेरसिंह श्रेष्ठले अस्पताल प्रमुख एआइजी आशा सिंह लगायत अधिकारीसँग भेटेर सेटिङ मिलाएको प्रहरी स्रोत बताउँछ । ‘सेटिङनुसार नै खरिद भए राज्यको चार करोड रुपैयाँ धेरै खर्च हुन्छ,’ प्रहरी अस्पतालका एक अधिकारी भन्छन्,‘निष्पक्ष अनुसन्धान हुन सके सेटिङको पर्दाफास हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्