Logo
Logo

२० प्रतिशत लाभांश पारित गर्न ग्लोबल आइएमईले डाक्यो साधारणसभा


378
Shares

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्नो दशौं वार्षिक साधारण सभा बोलाएको छ । सञ्चालक समितीको फाुगन २ गते बसेको बैठकले फागुन २४ गते लेकसाइड पोखरामा बिहान ९ बजे साधारण सभा बोलाउने निर्णय गरेको हो ।

लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । लघुवित्तको सभाले सञ्चालक समिति र लेखापरीक्षकको आर्थिक वर्ष २०७८÷७९ को प्रतिवेदन पारित गर्ने र आर्थिक वर्ष २०७९÷८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

सभाले कुनै अन्य संस्थासंग मर्जरका लागि आवश्यक कार्य गर्न सञ्चालक समितीलाई अख्तिायरी प्रदान गर्नेछ । लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ माघ १६ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, माघ १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्