Logo
Logo

आइएमई पेबाट क्युएफएक्सको टिकट किन्दा छुट


315
Shares

काठमाडौं । आइएमई पे र क्युएफएक्स सिनेमाजबीच ‘आइएमई पे डे एट क्युएफएक्स’ नामक अफरको सम्झौता भएको छ । दुई कम्पनीबीच ग्राहकले क्युएफएक्स सिनेमाजको वेबसाइट र एप्लिकेसनबाट आइएमई पे रोजी बुधबारका दिन मुभी टिकटको भुक्तानी गर्दा ५० रुपैयाँको फ्ल्याट क्यासब्याक हरेक हप्ता प्राप्त गर्न सक्ने सम्झौता भएको हो ।

सम्झौतामा हस्ताक्षर गर्दै आइएमई पेका प्रमुख व्यापार अधिकृत आमोद भट्टराईले यो अफर डिजिटल भुक्तानी माध्यममा प्रोत्साहन दिन उचित कदम हुने बताए । त्यस्तै, क्युएफएक्स सिनेमाजकी व्यापार विकास प्रमुख तृप्ति गिरीले आइएमई पेसँग आबद्घ भई यो अफरमार्फत मुभीप्रेमीलाई सहज हुने र अझ बढी ग्राहक आकर्षित हुने विश्वास व्यक्त गरिन् ।

यो अफर अवधिभरको हरेक बुधबारको खरिदमा मात्र लागू हुने जनाइएको छ । अफरका लागि निर्दिष्ट गरिएका सर्तअनुसार प्रयोगकर्ताले एक दिनमा एकपल्ट मात्र यो अफरअन्तर्गतको लाभ प्राप्त गर्न सक्ने उल्लेख छ । त्यसपश्चात् प्रयोगकर्ताले पुनः अर्को बुधबार मात्र अफरको फाइदा लिन सक्ने जनाइएको छ ।

साथै, आगामी दिनहरूका लागि लाइभ भएका टिकटहरू पनि बुधबारका दिन खरिद गर्दा ग्राहकले उक्त छुट पाउने कम्पनीले जनाएको छ । यो अफर क्युएफएक्स सिनेमाजका ११ वटा हलहरूमा लागू भएको कम्पनीले उल्लेख गरेको छ ।

आइएमई पेबाट ट्राफिक फाइन तिर्न मिल्ने

आइएमई पेमार्फत ग्राहकले सजिलैसँग आफ्नो ट्राफिक फाइन भुक्तान गर्न मिल्ने सुविधा थपिएको छ । ग्राहकलाई विभिन्न सेवाहरूको सहज भुक्तानी सेवा प्रदान गर्दै आएको आइएमई पे एपले कर भुक्तानी, लोकसेवाको भुक्तानी, ट्राफिक फाइन भुक्तानी गर्नेजस्ता सरकारी भुक्तानीका सेवा थपेको छ ।

ग्राहकले लामो लाइनमा बसी फाइन तिर्न नपरोस् भन्ने उद्देश्यका साथ सो सुविधा सुरु गरेको कम्पनीले जनाएको छ । ट्राफिक फाइन तिर्नका लागि ग्राहकले आइएमई पेको एपमा गभन्र्मेन्ट सेवामा गई सूचीमा देखाइएको ट्राफिक फाइनमा गई मागिएको विवरण भरेर सजिलैसँग फाइन भुक्तानी गर्न सक्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्