काठमाडौँ । लुम्बिनी विकास बैंकले देशका विभिन्न ठाउँमा बैंकिङ सेवा पु¥याउने उद्देश्यले मिति २०७९ फागुन ३ गते थप एक नयाँ शाखा कार्यालयको सञ्चालनमा ल्याएको छ । बैंकले ८९औँ शाखाको रुपमा काठमाडौं तारकेश्वर नगरपालिका–११ स्थित नेपालटार शाखाको सुरुवात गरेको छ ।

बैंकको नेपालटार शाखाको उद्घाटन विकास बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणि भट्टराई र तारकेश्वर नगरपालिका–११ का वडाध्यक्ष कविराज बस्नेतले संयुक्तरुपमा गरेका थिए । कार्यक्रममा बैंकका सञ्चालक प्रविणकृष्ण श्रेष्ठ, अर्जुन थापा र अन्जुकुमारी गुप्ताको उपस्थिति थियो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले सञ्चालन गरेको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले बैंकको संक्षिप्त चिनारीसहित स्वागत मन्तव्य राखेका थिए ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गरिरहेको लुम्बिनी विकास बैंक थप एक नयाँ शाखाको उद्घाटनसँगै बैंकका जम्मा ८९ वटा शाखा कार्यालय र १ वटा एक्सटेन्सन काउण्टर स्थापना भएको छ । ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरुसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा ‘मासिक’ रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणादेखि दश गुणासम्म गर्न मिल्ने समेत बिशेष योजनालाई निरन्तरता दिएको छ ।












