Logo
Logo

हाइड्रोको विवादमा सिआइबी छिरेपछि



काठमाडौं । गम्भीर किसिमका अपराधको अनुसन्धान गर्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले आपसी विवादका घटनामा समेत हात हाल्न थालेको छ । ठूला बैंकिङ कसुर मुद्दाको अनुसन्धानको जिम्मा जिल्लालाई दिने तथा देवानी प्रकृतिका मुद्दामा हात हाल्ने गरेको पाइएको छ ।

एक हाइड्रो कम्पनीभित्रको विवादमा सिआइबीले हालै एक व्यक्तिलाई पक्राउ गरेर मुद्दा चलाएपछि विवाद देखिएको हो ।

हाइड्रो इम्पायर कम्पनीको विवादमा सिआइबीले गंगाबहादुर खत्रीलाई पक्राउ गरी मुद्दा चलाएको हो । १ महिना कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ गर्दा प्रेस रिलिज जारी गर्ने सिआइबीले सो घटनाको विवरण भने गोप्य नै राख्यो । किनकि, यो प्रहरीले अनुसन्धान गर्ने विषय नै थिएन । अदालतको आदेशले पनि त्यसलाई पुष्टि गरेको छ । ६२ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएकोमा क्षेत्री ५० हजार धरौटीमा छुटेका छन् । कीर्ते हस्ताक्षर गरेर शेयर बेचेको आरोप क्षेत्रीमाथि छ । यो विवादमा उच्च अदालतमा देवानी मुद्दा समेत अदालतमा विचाराधिन छ । एउटै विषयमा देवानी र फौजदारी दुवै कसुर नचल्ने भएपनि प्रहरी प्रभावित भएर यसमा मुद्दा चलाइएको आरोप लागेको छ । यो मुद्दाले सिआइबीकै ओज घटेको छ ।

त्यस्तै, एक चिकित्सकलाई पनि सिआइबीले पक्राउ नगरी मुद्दा चलाएको छ । कीर्ते प्रमाणपत्रका आधारमा एमबीबीएस पढेको पुष्टि भएपनि डा. अजय साहलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।

स्पट फिक्सिङमा पनि काठमाडौं नाइटस्का मालिक नवीन कँडेललाई सिआइबीले पक्राउ गरेन । जबकी उनलाई तारेखमा राखेर अनुसन्धान गरिएको थियो । भगाएर फरार प्रतिवादी बनाई मुद्दा दायर गरिएको स्रोत बताउँछ । यस्तै, चलखेलका कारण पछिल्लो समय सिआइबी केरकारका नामले चिनिने अपराध अनुसन्धान कार्यालय जस्तो बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्