Logo
Logo

लुम्बिनी जनरल इन्स्योरेन्सको १८औं साधारणसभा सम्पन्न


315
Shares

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको १८औं साधारणसभा आज काठमाडौंमा सम्पन्न भएका छ ।

सभामा कम्पनीका अध्यक्ष मनोहरदास मुलले कम्पनीको व्यवसायलगायतका अन्य कामकारबाही, सगरमाथा इन्स्योरेन्स कम्पनी गाभ्ने/गाभिने सम्बन्धमा भएका सहमति, सम्झौता, कम्पनी गाभिएपछिको अबस्था आदिका बारेमा शेयरधनीहरुलाई विस्तृत जानकारी गराएका थिए । सभामा विभिन्न शेयरधनीले आफ्नो मन्तव्य राख्दै सगरमाथा इन्स्योरेन्स कम्पनीसँग हुन लागेको मर्जरप्रति खुसी प्रकट गर्दै सफलताको कामना गरे ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८÷७९ को वासलात, नाफा नोक्सान हिसाव, आव २०७९÷८० का लागि लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरेबमोजिम शेयरधनीलाई कर प्रयोजनको लागि ०.३६७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

विशेष प्रस्तावअन्तर्गत कम्पनीको हालको चुक्ता पुँजीको ६.९९ प्रतिशतले खुद हुन आउने बोनस शेयर वितरण गर्ने र सो बमोजिम कम्पनीको जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्तावसमेत पारित गरिएको छ ।

त्यसैगरी लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनी गाभिने, गाभिएपछिको कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. कायम रहने भएको छ । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर आदान–प्रदान अनुपात १००ः८० हुने गरी स्वाप रेसियो कायम गर्ने, विस्तृत लेखापरीक्षणवापतको पारिश्रमिक अनुमोदन गर्ने, दुवै कम्पनी मर्ज भएपछिको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा प्रतिनिधित्व गर्ने सञ्चालक तोक्ने र मर्जरलगायत कम्पनीको तर्फबाट गर्नुपर्ने बाँकी सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावसमेत सभाले पारित गरेको छ । कम्पनीमा १० बर्षभन्दा बढी सेवा गरेका कर्मचारीलाई ताम्रपत्रसहित सम्मान गरिएको थियो ।

सभा औपचारिकरुपमा शुरु हुनुभन्दा अगाडि कम्पनीका संस्थापक अध्यक्ष हिमालयशम्शेर राणाको गत माघ २२ गते निधन भएकामा दुःख प्रकट गर्दै उहाँको आत्माको चीरशान्तिको कामना गरी एक मिनेट मौन धारण गएको थियोे ।

प्रतिक्रिया दिनुहोस्