Logo
Logo

माछापुच्छ्रे बैंक र लुलु एक्सचेन्जबीच सम्झौता



काठमाडौं । माछापुच्छ्रे बैंकले बहराइनमा बैंदेशिक रोजगारीमा गएका नेपालीहरूलाई नेपालमा रेमिट्यान्स पठाउन अझ सहज होस् भन्ने उद्देश्यका साथ लुलु एक्सचेन्ज बहराइनसँग व्यावसायिक सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा लुलु एक्सचेन्जको तर्फबाट महाप्रबन्धक एडिसन फर्नान्डेज तथा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापाले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतापश्चात बहराइनमा बस्ने नेपालीहरूले लुलु एक्सचेन्जको १६ वटा काउन्टरबाट नेपालमा पठाएको रेमिट्यान्स नेपालमा रहेका माछापुच्छ्रे बैंकका जुनसुकै शाखा तथा रेमिट्यान्स एजेन्टबाट सजिलै भुक्तानी लिन सकिने जनाइएको छ ।

स्थापनाकालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १४ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्