Logo
Logo

साथीको विवाहमा जीवन बीमा उपहार !



काठमाडौं । धनुषा जिल्ला सखुवा, महेन्द्रनगर–८ निवासी राजीवकुमार पण्डितको विवाहमा साथीहरुले जीवन बीमा योजना उपहार दिएका छन् । प्रभु लाइफ इन्स्योरेन्सको सम्बृद्ध जीवन बीमा योजनाअन्तर्गत प्रभु लाइफ इन्स्योरेन्सका बर्दिबास शाखा प्रमुख राकेशकुमार सिंह र एजेन्सी म्यानेजर एमडी सिराजुल आलमले साथी पण्डितको फागुन १७ गते सम्पन्न विवाहमा जीवन बीमा योजना उपहार दिएका हुन् ।

साथीको विवाहमा सुनिश्चित र निर्धक्क जीवनयापनार्थ उक्त उपहार दिएको शाखा प्रमुख सिंह र एजेन्सी म्यानेजर आलमले बताए । विवाहमा अन्य जिन्सी उपहार दिनुभन्दा जीवन बीमा योजना उपहार दिँदा यसले विशेष महत्व राख्ने र नयाँ संस्कारको सुरुवात हुने विश्वास व्यक्त गरे । यसले विवाहकै दिनदेखि नै निश्चिन्त भविष्य प्रदान गर्ने आशा लिएको बताए ।

वैवाहिक कार्यक्रममा स्थानीय, आफन्त, पाहुनाका साथै प्रभु लाइफ इन्स्योरेन्सका तर्फबाट सिनियर एजेन्सी म्यानेजर आलम र बर्दिबास शाखा प्रमुख सिंह एवं अभिकर्ताहरूको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्