Logo
Logo

एभरेष्ट बैंकद्वारा २५ लाखको छात्रवृत्ति अक्षयकोष स्थापना



काठमाडौं । एभरेष्ट बैंकले २५ लाखको ‘एभरेष्ट बैंक अक्षयकोष’ को स्थापना गर्ने भएको छ । बैंकले नेपाल पुलिस स्कुलहरुमा अध्ययन गर्ने उत्कृष्ट अंक प्राप्त नेपाल प्रहरीका छोराछोरीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यका साथ उक्त कोष स्थापना गरेको हो ।

यसका लागि बैंकले नेपाल प्रहरी कल्याण कोषका प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल र बैंकका नायब महाप्रबन्धक केशव राज पौडेलले हस्ताक्षर गरेका छन् ।

बैंकले १२४ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६० ब्त्ः सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एटिएम बैकिंग सुविधा प्रदान गर्दै आइरहेको छ ।

यस्तै बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्