Logo
Logo

एनआइसी एसियाले सुरु गर्यो भाइबर बैंकिङ सेवा



काठमाडौँ । एनआइसी एसिया बैंकले भाइबर बैंकिङ सेवा सुरु गरेको छ । यसबाट बैंकको हरेक सेवाका बारेमा घरमै बसेर थाहा पाउन र सेवा लिन सकिने बैंकले जनाएको छ ।

भाइबर बैंकिङ सेवा लिन आफ्नो मोबाइलको भाइबरमा एनआइसी एसिया बैंकको भाइबर सेवामा जोडिनुपर्ने बैंकले जनाएको छ । बैंकका अनुसार यस सेवाबाट बैंकका अधिकांश सेवाका साथै आफ्नो अकाउन्टको बारेमा जानकारी लिन र मिनी बैंक स्टेटमेन्ट निकाल्नसमेत सकिने छ ।

त्यस्तै, यस सेवाबाट खातासँग सम्बन्धित विभिन्न सेवाहरु रजिष्ट्रर गर्नुको साथै बैंकका शाखाहरु र एटीएमहरु कहाँ कहाँ छन् भनेर लिष्ट हेर्न सकिनेछ । बैंक शाखा तथा एक्सटेन्डेड शाखाहरुले दिने सेवा समयको बारेमा पनि यहाँबाट थाहा पाउन सकिने बैंकले जनाएको छ ।

साथसाथै, बैंकले समय समयमा दिने विभिन्न सूचनाहरु र त्यत्तिमात्र नभएर विदेशी मुद्राको विनिमय दर, बैंकका विभिन्न प्रोडक्टहरुका बारेमा पनि यहाँबाट जानकारी लिन सकिनेछ । बैंकका चालू स्किमहरु र विभिन्न प्रमोसनहरु पनि भाइबर बैंकिङमा उपलब्ध रहेको बैंकले जनाएको छ ।

एनआइसी एसिया बैंकको भाइबर सेवा लिन ग्राहकले बैंकको मोबाइल एप (मोबैंक) प्रयोग गरेको हुनुपर्छ । मोबाइल एपमा प्रयोग भएको नम्बर नै भाइबर सेवामा प्रयोग गरेर भाइबर सेवा सुरु गरेपछि एनआइसी एसिया बैंकको भाइबर बैंकिङ सेवा लिन दर्ता प्रक्रिया पूरा गर्नुपर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्