Logo
Logo

सिटी एक्सप्रेस मनी ट्रान्सफर मुन्द्रेको कमेडि क्लबको मुख्य प्रायोजक



काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर, लोकप्रिय कमेडि सो मुन्द्रेको कमेडि क्लबको मुख्य प्रायोजकको रूपमा रहने भएको छ । सो कार्यक्रम यही चैत २ गतेदेखि नियमितरुपमा सिटी एक्सप्रेस मुन्द्रेको कमेडि क्लबको नामबाट कान्तिपुर टेलिभिजनमा प्रसारण गरिने भएको छ र युट्युबमा ओएसआर डिजिटलबाट प्रसारण हुनेछ ।

मुन्द्रेको कमेडि क्लबका निर्माता कि इन्टरटेन्मेन्ट र सिटी एक्सप्रेस मनि ट्रान्सफरबीच मुख्य प्रायोजकमा सिटी एक्सप्रेस मनी ट्रान्सफर रहने सम्झौतामा हस्ताक्षर भएको छ ।

सिटी एक्सप्रेस मुन्द्रेको कमेडि क्लब हरेक बिहीबार बेलुकी ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण गरिने भएको छ । यस कार्यक्रमका मुख्य पात्रको रुपमा चर्चित हाँस्य कलाकार जितु नेपाल र नायिका प्रियांका कार्की रहेका छन् भने कलाकारहरु दमन रुपाखेती, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना, एलिना बाँस्कोटाका साथै अन्य कलाकार पनि विभिन्न भागहरुमा उपस्थिति रहनेछ । कार्यक्रमको निर्देशन दिनेश डिसीले गर्ने भएका छन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १६ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्