Logo
Logo

सिटिजन लाइफ इन्स्योरेन्सको नाफा बढ्यो


630
Shares

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो मसान्तसम्म नाफा २.६० प्रतिशतले बढेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासमा अ गरेको हो ।

गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले १४ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा २.६० प्रतिशतले बढेको हो ।

तेस्रो त्रैमासम्म कम्पनीको बीमाशुल्क ३.७० प्रतिशतले वृद्धि भएको छ । ३ अर्ब ७२ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत वर्ष सोही अवधिमा ३ अर्ब ५९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

कम्पनीले १ अर्ब १३ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष ८१ करोड रुपैयाँको दाबी भुक्तानी गरेको थियो ।

लगानी, कर्जा तथा अन्यबाट ६ करोड १२ रुपैयाँ आय गरेको छ । बीमालेख धितोमा राखेर कर्जाबाट ३ करोड २९ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्म अभिकर्ता कमिसनमा ४९ करोड रुपैयाँ खर्च गरेको छ । जुन गत वर्षको भन्दा कम हो । गत वर्ष ६० करोड रुपैयाँ अभिकर्ता कमिसनमा खर्च भएको थियो। कम्पनीले व्यवस्थापनमा ४ करोड खर्चिएको छ ।

चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब २८ करोड रुपैयाँ सञ्चित छ । जीवन बीमा कोषमा ८ अर्ब ४७ करोड र महाविपत्ति कोषमा १४ करोड रुपैयाँ जम्मा छ ।

प्रतिक्रिया दिनुहोस्