पाम आयल प्रकरण : नक्कली निर्यातको पोल खुल्यो


Published On : 14 January, 2020

काठमाडौं, २९ पुस । दुईतिहाइको सरकार, एकतिहाइ पनि काम भएन । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलै भरोसा गरेर अर्थमन्त्री बनाएका डा. युवराज खतिवडाको कार्यक्षमता नदेखिएकै कारण विकास बजेट खर्च हुन सकेको छैन । महालेखा नियन्त्रणकको कार्यालयको तथ्यांकमा चालु वर्षको ६ महिना पुससम्ममा पूँजीगत खर्च १२.८६ प्रतिशत मात्र छ । पछिल्लो तीन वर्षको खर्चको तुलनामा यो सबैभन्दा खराब तथ्यांक हो । जनअपेक्षा बमोजिम विकास निर्माणले गति लिन नसक्नुको कारण पूँजीगत खर्च नै हो । दुई पटक बजेट प्रस्तुत गरेका खतिवडाको मूल्यांकन गर्ने हो भने उनको कार्यकाललाई ‘असफल’ भन्नुपर्ने हुन्छ । तथ्यांक खेलाउन सिपालु खतिवडाले देशको तीव्र आर्थिक विकास भएको तथ्यांक सार्वजनिक गर्दै आएका छन् । यसबीच उनले आयात घटेको, निर्यात बढेको तथ्यांकलाई प्रमुखताका साथ प्रस्तुत गरे । कृषि, खाद्यान्नलगायतका उत्पादन नबढेको बेला कसरी निर्यात बढ्यो भन्ने कुराले अर्थविद्हरुको मथिंगल खल्बलियो । आखिर भारतले पाम आयलमाथिको आयात रोकेपछि खतिवडाको धोती खुस्कियो ।

मन्त्री खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत निर्यात बढ्यो भनेर झुक्याएका थिए । प्रधानमन्त्री ओली खतिवडाकै कुरामा मख्ख थिए । जब भारतले पाम आयल आयातमा गत बुधबार प्रतिबन्ध लगायो तब निर्यात बढ्यो भनेर भनिएको वस्तु नेपालको उत्पादन थिएन । मलेसियाबाट पाम आयल आयात गरेर भारत निर्यात गरिएको वस्तु थियो । यस्तो हावादारी उद्योगको भरमा देशको आर्थिक विकास हुन सक्दैन । आयात घटाउन र निर्यात बढाउन आन्तरिक उत्पादनमै ध्यान दिनुपर्छ ।

दुई पटक बजेट प्रस्तुत गरेका खतिवडाको मूल्यांकन गर्ने हो भने उनको कार्यकाललाई ‘असफल’ भन्नुपर्ने हुन्छ । तथ्यांक खेलाउन सिपालु खतिवडाले देशको तीव्र आर्थिक विकास भएको तथ्यांक सार्वजनिक गर्दै आएका छन् । यसबीच उनले आयात घटेको, निर्यात बढेको तथ्यांकलाई प्रमुखताका साथ प्रस्तुत गरे । कृषि, खाद्यान्नलगायतका उत्पादन नबढेको बेला कसरी निर्यात बढ्यो भन्ने कुराले अर्थविद्हरुको मथिंगल खल्बलियो । आखिर भारतले पाम आयलमाथिको आयात रोकेपछि खतिवडाको धोती खुस्कियो ।

आर्थिक वर्षको पहिलो पाँच महिनामा मात्र भन्सार विभागको तथ्याङ्क अनुसार नेपालले रु. ११ अर्ब ५२ करोड मुल्य बराबरको प्रशोधित पाम आयल भारत निर्यात गरेको थियो । अप्रशोधित पाम आयल आयातबाट नेपाललाई रु. १ अर्ब ३८ करोड ७१ लाख राजस्व प्राप्त भएको थियो । अब यो निर्यात र राजस्व दुवै लगभग सुक्ने भएको छ । यो आयलकै कारणले नेपालको कुल निर्यात यो पाँच महिनाको अवधिमा अघिल्लो वर्षको तुलनामा २६.९७ प्रतिशतले र भारत तर्फको निर्यात अघिल्लो वर्षको तुलनामा ४८.५८ प्रतिशतले बढेको थियो । कुल निर्यातमा पाम आयलको अंश २४.२५ प्रतिशत पुगेको थियो । यस अवधिमा व्यापार घाटा ६.३ प्रतिशतले घट्नुमा आयात घट्नुको अतिरिक्त यो निर्यातको पनि योगदान रहेको थियो । भारतमा प्रशोधित पाम आयल आयातमा ४० प्रतिशत भन्सार लाग्ने र नेपालबाट आयात गर्दा भन्सारै नलाग्ने भएकोले भारतीय खाद्य तेल व्यापारीहरुले यो तेल नेपालबाट आयात गर्न शुुरु गरेका थिए ।

निर्यातको यो सम्भावना देखेर नेपाली उद्यमी व्यापारीहरुले यो तेल प्रशोधन गर्ने २२ वटा उद्योग स्थापना गरिसकेका थिए । यसरी पाम आयल प्रशोधन गर्ने र भारत निर्यात गर्ने उद्योग व्यापार नेपालमा गत वर्षदेखि अप्रत्याशित रुपमा फस्टाउन थालेको थियो । भारतले एकाएक प्रशोधित पाम आयल आयातमा रोक लगाएपछि अब यसकोे आयात, निर्यात अर्थात कुल वैदेशिक व्यापार र यो प्रशोधन गर्न स्थापित उद्योगहरु पूर्णतःबन्द हुने छन् । भारतको यो निर्णयबाट भारतका तेल प्रशोधन उद्योगहरुलाई भने ठुलो फाईदा हुने भएको छ । हालसम्म ती उद्योगहरुलाई भारतले ४० प्रतिशत भन्सारको संरक्षण दिदै आएको भएतापनि भारतले प्रशोधित तेल पनि आयात गर्दै आएकोले ती उद्योगहरु खासै फस्टाउन सकिरहेका थिएनन् । तर नेपालबाट विना भन्सार आयात गरिदा भारतका प्रशोधन उद्योगहरुलाई मर्का परिरहेको थियो । त्यहि कारणले नेपालमा अप्रशोधित पाम आयलको आयात,प्रशोधन उद्योगहरु र निर्यात रातारात मौलाएका थिए । तर, भारतले पाम आयल आयातमा लगाएको प्रतिबन्धले नेपालको अर्थतन्त्रमा ठूलो धक्का लाग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्