Logo
Logo

राज्यको भन्दा अलग्गै भाषा बोल्नेहरू नेपालका आदिवासी हुन्ः पृथ्वीसुब्बा


378
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले राज्यको भाषा भन्दा अलग्गै भाषा बोल्नेहरू नै नेपालका आदिवासी भएको दाबी गरेका छन् ।

तमु प्ये ल्हु सङ्घ केन्द्रीय समितिको ३१ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले राज्यले मान्ने धर्म भन्दा फरक धर्म मान्ने मानिसहरू नै आदिवासी भएको बताएका हुन् ।

उनले नेपालमा केही समय अघिसम्म हिन्दु धर्म राज्यको धर्म रहेको र तत्कालीन समयमा हिन्दु राजाले मान्ने धर्म नै हिन्दु धर्म भएको बताए । हिन्दु आर्य संस्कृतिको राजा भएकाले नेपालको राजकीय संस्कृति हिन्दु आर्य संस्कृति भएको उनले दाबी गरे ।

उनले राज्यको धर्म भन्दा अलग्गै धर्म संस्कार मानेका मानव समुदाय नै आदिवासी भएको बताए । आदिवासी अझै पनि जातियतामा नगएको र जनजातिमै सीमित भएकाले आदिवासीमा सामूहिकता कायम रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्