Logo
Logo

चाडपर्व नजिकिएसँगै अनलाइनबाट ठगी बढ्यो


2.3k
Shares

धरान । दशैं तिहार जस्ता चाडपर्व नजिकिएसँगै नेपालमा ब्यापारको नाममा अनलाइनबाट ठगी गर्ने गिरोह सक्रिय भएको छ ।

सामाजिक सञ्जालको प्रयोग गरी नक्कली वेबसाइट प्रयोग गरेर चिठ्ठा परेको भनी करबापतको भन्दै पैसा माग्ने, सामान किन्न खोज्नेहरुलाई डेलभरी अगाडी नै मोबाइल बैंकिङ्गमार्फत भुक्तानी गर्न लगाएर ठग्ने लगायतका कार्यहरु दिनानुदिन बढ्दै गइरहेको छ ।

चाडपर्व नजिकिएसँगै विभिन्न बहानामा फेसबुक, इन्स्टाग्राक, ह्वाट्सएप, टिकटक जस्ता सामाजिक सञ्जालका माध्यमबाट ठग्ने यस्ता गिरोहहरु पछिल्लो समय काठमाण्डौ, चितवन, धरान र ईटहरीतिर सकृय रहेको प्रहरीले जनाएको छ ।

धरानका निरु थापा नाम परिवर्तन अनलाइन सपिङका नाममा आफु ठगिएको बताउँछिन् । टिकटकमा अरुले लगाएको कुर्ता सुरुवाल राम्रो लागेर अनलाइन अर्डर गरेकी उनी सामान डेलिभरी अगावै रकम भुक्तानीपछि ठगिइन् ।

उनी भन्छिन्, ‘टिकटकमा अरुले लगाएको देखेर राम्रो लाग्यो । त्यसपछि एक अनलाइन सपिङ ‘सरुक्लोथ मार्केट प्लेस’ को मेसेन्जरमा कुराकानी गरे । उताबाट लुगा राम्रो लागेमा ५० प्रतिशत अगाडी नै तिनुपर्ने भनियो । आफुलाई मन परेको हुनाले क्युआरमार्फत आधा पैसा भुक्तानी गरेँ । तर, दुई दिनसम्म पनि सामान डेलिभरी भएन । फोन गर्दा फोनै उठ्न छाडेपछि आफु ठगिएछु भन्ने थाहा भयो ।’

यतिमात्र होइन दुवईको प्रसिद्ध ईलेक्ट्रिक कम्पनी ‘झम झम’ बाट पनि सरु थापा झण्डै ठगिइन् । फेसबुक चलाउँदै जाँदा झमझमको ‘चित्र मिलाउदा मोवाईल उपहार’ भन्ने पोष्टमा उनको आखा पुग्यो ।

उनले चीत्र मिलाउँछिन् । उतावाट वाट्सएपमा मेसेज आउँछ । तपाईलाई वधाई छ चित्र मिलाउनु भएकोमा । तपाईले कम्पनीको तर्फवाट महंगो मोवाइल र अन्य सामानहरु पुरस्कार पाउनु भएको छ । यो भन्सारमा आएको छ ८ नं वक्सा हो भन्दै भिडियो अपलोड गरी दिन्छ ।

हिन्दी भाषामा उक्त सामानहरु बोल्दै देखाउदा सरु मख्ख पर्छिन । ओहो यति सानो काम गर्दा कति धेरै उपहार पाईयो भनेर । तर मेसेजमा उताबाट लगतै खवर आउछ यो सामानहरु भन्सारवाट ल्याउनु पर्ने भएकोले ८ हजार पठाउन पर्ने हुन्छ ।’

यति भनेपछि उनको आँखा खुल्छ । त्यसपछि उनले साथीहरुलाई सोध्छिन् । सबैले यो गठ हो भनेपछि उनी पैसा पठाएर अनलाइनबाट हुने ठगिनबाट बच्छिन् ।

प्रतिक्रिया दिनुहोस्