
काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ । हिजो साँझ मतदान गर्ने भनिए पनि सम्भव नभएपछि आज मतदान हुन लागेको हो ।
निर्वाचन समितिका अनुसार दिउँसो १ बजेबाट मतदान सुरु हुनेछ । १ बजेदेखि साँझ ७ बजेसम्म मतदान हुने भएको समितिले सार्वजनिक गरेको तालिकामा उल्लेख छ ।
त्यसअघि बिहान ८ बजे उमेदवारको नाम फिर्ताको समय तोकिएको छ । उमेदवारको अन्तिम नामावली प्रकाशन बिहान ९ बजे हुने कार्यतालिका छ । एमाले सुदूरपश्चिमको अध्यक्षका लागि चारजनाले उमेदवारी दिएका छन् ।
निर्वाचन समितिको प्रारम्भिक विवरणअनुसार कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना, वचनबहादुर सिंह र भरत साउदले अध्यक्षमा उमेदवारी दिएका छन् । सहमतिमा नै नेतृत्व चयनका लागि प्रयास जारी रहेकाले निर्वाचन प्रक्रियमा ढिलाइ भएको हो ।















