Logo
Logo

काभा पुरुष भलिबलः आज अफगानिस्तानसँग भिड्दै नेपाल


945
Shares

काठमाडौं । श्रीलंकामा जारी काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । दुई देशबीचको खेल दिउँसो पौने २ बजे सुरु हुनेछ ।

यसअघिका दुईमध्ये एक खेलमा जित र अर्कोमा हार बेहोरेको नेपाल दोस्रो जितको खोजीमा हुने छ । पहिलो खेलमा बंगलादेशलाई ३–१ ले हराएको नेपाल हिजो (मंगलबार) सम्पन्न खेलमा आयोजक श्रीलंकासँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।

अफगानिस्तानले आफ्ना सुरुवाती २ खेलमा उज्वेकिस्तान र बंगलादेशलाई पराजित गरेको थियो । अफगानिस्तान लगातार तेस्रो जित निकाल्ने योजनामा हुनेछ ।

६ टोलीको सहभागिता रहेको प्रतियोगिता राउन्ड रोविन लिगको आधारमा खेलिँदै छ । लिगको शीर्ष २ टोलीले फाइनल तथा त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्