Logo
Logo

सबैभन्दा ठूलो प्राविधिक कार्यक्रम आयोजना गर्दै निमा एकेडेमी


315
Shares

काठमाडौं । नेपालको अग्रणी एडटेक कम्पनी निमा एकेडेमीले ४ कक्षादेखि १२ सम्मका विद्यार्थीहरूका लागि ठुलो प्राविधिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

विधार्थीहरुको बिचमा रचनात्मकता, नवीनता र उद्यमशीलताको सिपलाई अभिवृद्धि गर्ने एउटा महत्त्वपूर्ण कदमअन्तर्गत प्रतियोगिता आयोजना गर्न लागेको निमा एकेडेमीले बताएको छ । यस प्रकारको प्रतियोगिता रोबोटिक्स, कोडिङ र एआई च्याम्पियनसिप नेपालमा पहिलो पटक सुरुवात गर्न लागेको हो ।

यो प्रतियोगिता स्टेमपेडिया लगायत मोटवानी जडगेजा फाउन्डेसन, आर्टपपार्क, एआई र रोबोटिक्स टेक्नोलोजी पार्क र नीति आयोग द्वारा आयोजित संयुक्त राष्ट्रसङ्घीय दिगो विकास लक्ष्य (एसडीजीएस) सँग आवद्ध वार्षिक कार्यक्रम हो ।

दिगो भविष्यतर्फ युवा विद्यार्थीहरूको क्षमताको उपयोगमा स्टेमपेडिया को विश्वव्यापी प्रभावलाई मान्यता दिँदै निमा एकेडेमीले यस क्षेत्रीय च्याम्पियनसिपको आयोजना गर्न साझेदारी गरेको छ । जसले समुदायमा व्यापक रूपमा एक लहर सिर्जना गरेको छ । यसका साथै निमा एकेडेमीले स्किल्सअप ग्लोबलसँग तालिम साझेदारको रूपमा सहकार्य गर्ने छ ।

यस्तो कार्यक्रम सन् २०२२ मा आयोजना भएको थियो । जसमा ७० भन्दा बढी देशका सहभागीहरुले प्रतियोगितामा भागलिएका थिए र १३ देशबाट ५० जना सहभागीहरू विजयी घोषित गरिएका थिए । उक्त कार्यक्रम भव्य रूपमा सफल भएको थियो ।

यस कार्यक्रममा देशभरका १०० विद्यालयका करिब २००० विद्यार्थीहरू सहभागी हुने अपेक्षा गरिएको छ । अक्टोबर ६,२०२३ देखि नोभेम्बर ३०, २०२३ सम्म सहभागीहरूको आवेदन फाराम खुला रहने छ । राष्ट्रिय रूपमा चयन गरिएका कुलसहभागीहरुमध्ये ५० जना सहभागीहरूले निमा एकेडेमीमार्फत उद्योग विशेषज्ञहरूद्वारा परामर्श तथा मार्गदर्शन प्राप्त गर्नेछन् ।

उनीहरूलाई जनवरी र फेब्रुअरी २०२३ को बिचमा आयोजना हुने तय गरिएको क्षेत्रीय प्रतिस्पर्धा समारोहमा सम्मानित गरिने छ । कुल ५० टिमहरूमध्ये शीर्ष १० टिमहरूलाई २०२४ अप्रिलमा दुबईमा हुने ग्रान्ड फिनाले समारोहकोलागि छनोट गरिने छ ।

प्रतिक्रिया दिनुहोस्