Logo
Logo

अझै भेटिएनन् बेपत्ता जोशी, दूतावासले माग्यो इजरायली प्रहरीको सहयोग


3k
Shares

काठमाडौं । हमास–इजरायल युद्धका क्रममा बेपत्ता भएका कञ्चनपुरका विपीन जोशी अझै भेटिएका छैनन् । शनिबार बिहानदेखि सम्पर्कविहीन भएका उनको खोजी कार्य जारी छ ।

इजरायलस्थित नेपाली राजदूतावासले सकुशल अवस्थामा उद्धार गरिएका उनीसँगै बस्दै आएका एक विद्यार्थीलाई साथमा लिएर विभिन्न अस्पतालहरूमा खोजी गरिरहेको जनाएको छ ।

दूतावासले बुधबार परराष्ट्र मन्त्रालयलाई अस्पतालहरुमा खोजी गर्दा विपीन घाइते अवस्थामा फेला नपरेका र खोजीका लागि इजरायली प्रहरीको सहयोग मागिएको जानकारी गराएको छ ।

हमासले गरेको आग्रमणमा परेर अन्य १० नेपाली विद्यार्थीको मृत्यु भइसकेको छ भने अन्यको सरकारले नेपाल फिर्ता ल्याउने तयारी गरेको छ । त्यसका लागि पर्यटनमन्त्री सुदन किरातीले आज बुधबार राति ११ बजे नेपाल एयरलाइन्सको जहाज इजरायल पठाउने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्