Logo
Logo

एमालेकाे कामबाट दलहरु अतालिएका छन् : ओली


756
Shares

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेले गरेको राम्रा कामका कारण अरु दलहरु अतालिएको दावी गरेका छन् । बुधबार जनकपुरमा एमाले मधेश प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै ओलीले एमालेका कामबाट आफ्नो भविष्य अन्धकार देख्नेहरु अतालिएको बताएका हुन् ।

यसअघिको एमाले सरकारले मुलुकको बिकास र जनताका लागि असाधारण काम गरेको उनले बताए । अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकार हुँदा हुलाकी राजमार्गको काम गरेको र हजारौं पुल निर्माण गरेको दावी गरे ।

तराईमा सिचाइको पहुँच पुराउन सुनकोशी मरिन डाइभर्सन ल्याएर बारा, रौटहट, धनुषा लगाएतका १ लाख ८५ हजार बिगाहा जमिनमा सिचाइको व्यवस्था गरेको र एमाले सरकारमा गएपछि तराईको सिचाइको समस्या सदाका लागि अन्त्य गर्ने पनि दावी गरे । एमाले सरकारले नै रेल किनेर सञ्चालनमा ल्याएको उनले बताए ।

एमाले अध्यक्ष ओलीले २०८४ मा नेकपा एमालेको एकल बहुमत एकमात्र अभियान रहेको बताउनुभयो । उहाले सहमतीमा अधिवेशन सम्पन्न गरि एकताको उदाहरण प्रस्तुत गर्न र २०८४ मिशन सफल गर्ने योग्य नेतृत्व छान्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्