Logo
Logo

दशैँको मुखमा ह्वात्तै बढ्याे डेङ्गीको बिरामी


1.1k
Shares

काठमाडौं । काठमाडौं उपत्यका लगायत देशभर एक सातायता डेंगी संक्रमण बढेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार एक सातायता डेंगीका बिरामी ह्वात्तै बढेका हो।

जनस्वास्थ्यविद्‌हरूले लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोग ‘पोस्ट-मनसुन’ अर्थात्‌ बर्खा सकिएपछिको अवधिमा थप फैलिन सक्ने भएकाले सावधानी अपनाउन सुझाव दिएका छन्। डेङ्गीको प्रकोप नियन्त्रण तथा रोकथाममा स्थानीय सरकारको भूमिका प्रभावकारी हुन नसकेको भन्दै विज्ञहरूले असन्तुष्टि समेत व्यक्त गरेका छन् ।

यो वर्ष काठमाडौं उपत्यकाका तीनसहित ७६ जिल्लामा डेङ्गीका बिरामी रहेको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। नेपालीहरुको महान चाँड दशै नजिकिदै गर्दा डेंगु संक्रमण बड्नुले त्रास फैलीएको छ । चाडबाडको बेला खानपान र रहन सहन पनि अस्तव्यस्त अवस्थामा रहने भएकाले संक्मित अझै बड्न सक्ने र विरामीको मृत्युदर पनि बड्ने जोखिम देखिएको अधिकारीहरूले बताएका छन्।

यो वर्षको ज्यानुअरी १ देखि अक्टोबर १० तारिखसम्म ३८,०५९ जनामा डेङ्गी पुष्टि भएको छ भने त्यसबाट २० जनाको ज्यान गएको महाशाखाको तथ्याङ्क छ।

दार्चुला, दाङ, अछाम, डोटी, सुर्खेत, बझाङ, डडेलधुरा, रसुवा, मुगु, जुम्ला, कालीकोट र हुम्लामा बाहेक अरू जिल्लामा एकदेखि हजारौँको सङ्ख्यामा डेङ्गीको बिरामी रहेको स्वास्थ्य मन्त्रालयले मङ्गलवारसम्म सङ्कलन गरेको तथ्याङ्कले देखाउँछ।

डेङ्गीबाट बच्ने उपाय
-लामखुट्टेको जीवनचक्रलाई नष्ट गर्ने
-खुला स्थानमा पानी जम्मा नगर्ने वा हुन नदिने
-पानी छोपेर राख्ने
-शरीरका अधिकांश अङ्ग ढाक्ने किसिमका लुगा लगाउने
-सकेसम्म फिक्का सेतो रङ्गका लुगा लगाउने
-दिनमा टोक्ने लामखुट्टेबाट बच्ने
-लामखुट्टेको टोकाइ जोगिन तिनलाई विकर्षित गर्ने मलम प्रयोग गर्ने

प्रतिक्रिया दिनुहोस्