Logo
Logo

अन्तर्राष्ट्रिय अदालतले खोजीरहेकाे बेला किर्गिजस्तान भ्रमणमा पुटिन



बिस्केक । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन किर्गिजस्तान पुगेका छन् । गत मार्चमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी) ले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछिको उनको यो पहिलो विदेश भ्रमण हो ।

युक्रेनी बालबालिकालाई देश निकाला गरेको अभियोगमा अदालतले पुटिनको खोजी गरिरहेको छ । आइसीसीका सदस्य राष्ट्रहरूमा राष्ट्रपति पुटिनले पाइला राखेको अवस्थामा ती देश उनलाई गिराफ्तार गर्न बाध्य हुनेछन् । यद्यपि किर्गिजस्तानले आइसीसीको सदस्यता लिएको छैन ।

रुसी समाचार समितिहरू तास, इन्टरफ्याक्स र रिया नोभोस्तीले बिहीबार बिहान पुटिन किर्गिजस्तान पुगेको बताएका छन् । स्वतन्त्र राष्ट्रहरूको राष्ट्रमण्डलको एक शिखर सम्मेलनमा भाग लिने सिलसिलामा राष्ट्रपति पुटिनले आफ्ना बेलारुसी सहयोगी अलेक्जेन्डर लुकासेन्को र अन्य क्षेत्रीय नेताहरूसँगै आफ्ना किर्गिज समकक्षी सादिर जापारोभसँग भेट गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्