काठमाडौं । कोसी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्र आङ्बोलाई अघि सारिने भएको छ ।

आज (बिहीबार) बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका नेताको बैठकमा आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरिएको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।
उनका अनुसार सम्भव भए आङ्बोले आजै मुख्यमन्त्रीमा दाबी पेस गर्नेछन् । कोसीमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकारको नेतृत्वमा दाबी गर्न शुक्रबार सम्मको समय दिइएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको पनि साथ पाउने सम्भावना भएकाले आङ्बोलाई उमेदवार बनाउन आफूहरू सहमत भएको बताइएको छ ।














