Logo
Logo

विश्वका २६ राजनीतिक दलका नेताको बैठक काठमाडौंमा आजदेखि


567
Shares

काठमाडौं । एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को ४०औं स्थायी कमिटी तथा एसिया युरोप पोलिटिकल फोरमको पाँचौँ वार्षिक बैठक आज (शुक्रबार) देखि काठमाडौँमा सुरु हुँदैछ ।

आजदेखि २८ असोजसम्म हुने बैठकमा दुई महादेशका साझा भविष्यका निम्ति एसिया र युरोपका राजनीतिक दलका नेता तथा विज्ञबीच छलफल हुने कार्यक्रम छ ।

त्योसँगै समसामयिक विषयमा पनि छलफल हुने एसिया युरोप पोलिटिकल फोरमका सहअध्यक्ष एवं आइक्यापका स्थायी कमिटी सदस्य डा.राजन भट्टराईले जानकारी दिए ।

बैठकमा चीन, दक्षिण कोरिया, भियतनाम, इण्डोनेसिया, थाइल्याण्ड, पाकिस्तान, लेवनान, चेक गणतन्त्र, नेदरल्याण्डलगायत मुलुकका २६ राजनीतिक दलका नेता, मन्त्री तथा सांसद गरी ५० जनाभन्दा बढी सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्