Logo
Logo

विवादित डिएसपीहरू एसपीको प्रतिस्पर्धामा



काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको सात एसपीमा एक दर्जन डिएसपीहरु प्रतिस्पर्धामा रहेका छन् । जसमा केही विवादित डिएसपीहरुले पनि बढुवा लागि शक्तिकेन्द्रमा धाउन थालेका छन् । गत हप्ता प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले पाँच जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा गर्ने निर्णय गरेसँगै रिक्त रहेको एसपी पदमा दर्जन डिएसपीहरु प्रतिस्पर्धामा परेका हुन् । पाँच एसपीको एसएसपी बढुवासँगै प्रहरीमा ७ एसपीको पद रिक्त भएको थियो ।

रिक्त भएका सात पदमा दर्जनौँ प्रहरी नायब उपरीक्षक (डिएसपी)बीच प्रतिस्पर्धा चलिरहेको बेला केही डिएसपीहरु गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उनको सचिवालय टिमलाई मनाउन मन्त्रालयमा दौडधुप गरिरहेका छन् । जसले गर्दा एसपी बढुवा पेचिलो बनेको छ । तर, प्रहरी प्रधान कार्यालय नक्सालले एसपी बढुवाको तयारी विगतमा अन्यायमा परेका, कार्यसम्पादन राम्रो भएका र बढुुवा गर्नु नै पर्ने डिएसपीहरुको सूची तयार पारेको छ ।

प्रधान कार्यालय स्रोतका अनुसार रिक्त पदका लागि डिएसपीहरु प्रदीप क्षेत्री, अंगुर जिसी, ढकेन्द्र खतिवडा, विनोद घिमिरे, अनिलकुमार खड्का, सन्तोष तामाङ, निरञ्जनदत्त भट्ट बढुवाको लागि प्रतिस्पर्धामा छन् । त्यसका अतिरिक्त श्यामबाबु ओलीया, नारायण रन्जितकार पनि प्रतिस्पर्धामा रहेका छन् । यस्तै यादव ढकाल, राजन लिम्बू, अनन्त शर्मा र एकनारायण कोइराला पनि छन् । क्षेत्री, जिसी, घिमिरे, खड्का, भट्ट, लिम्बूू संगठनमा इमान्दार प्रहरी अधिकृतका रूपमा चिनिन्छन् । विगतमा उनीहरुको बढुवा छुटेको भन्दै प्रहरी प्रधान कार्यालयले यसपटक बढुुवाको सूूचीमा राखिसकेको छ ।

प्रहरी महानिरीक्षक (आइजी) वसन्तबहादुर कुँवरले समेत संगठनको मापदण्डअनुसार नै बढुवा हुने अडान राखेपछि शक्तिशाली मानिएका केही प्रहरी अधिकृत हच्किएको बताइन्छ । ढकेन्द्र खतिवडा सल्यानमा हुँदा विवादित बनेका थिए । तामाङ केपी ओली र कृष्ण सिटौलाको पूूर्व पिएसओ थिए । डिएसपी कोइराला चितवनमा हुँदा लेनदेनको विावदमा परका थिए ।

२०७६ सालतिर कोइरालाले एसपी नआएको समयलाई कमाउने अवसरका रूपमा उपयोग गरेका थिए् । यौन दुव्र्यवहारका उजुरीमा मिलापत्र गराएरसमेत डीएसपी कोइरालाले घुस लिने गरेको आरोप थियो । नारायणगढको शहिदचोकभित्र अर्पिता शृंगार पसलका सञ्चालक विमल श्रीवास्तवसँग डीएसपी कोइरालाकै निर्देशनमा घुस असुली मिलापत्र गराइएको थियो ।

जसमा पीडित भनिएकी विमला थोकर (नाम परिवर्तन)लाई ३ लाख रुपैयाँमा मिल्न दबाब दिएर वडा प्रहरी कार्यालय नारायणगढका सई रविराज ढकाल र कुलप्रसाद अधिकारीले ५ लाख रुपैयाँ घुस लिएर कोइरालालाई बुुझाएको भन्दै उनको विरुद्ध उजुरीसमेत परेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्