Logo
Logo

किसुनजीको सपना र मेलम्चीको पानी




मेलम्ची कृष्णप्रसाद भट्टराईको सपना थियो । जुन सपनालाई अहिलेका नेताहरूले मजाक बनाइरहेका छन् । पूर्वप्रधानमन्त्री भट्टराईले काठमाडौंका जनतालाई मेलम्चीको पानी खुवाउने मात्रै होइन, मेलम्चीको पानीले काठमाडौंका सडक धोएर सिंगापुरजस्तै सफा बनाउछु भन्दा मानिसहरू हाँस्थे ।

अहिले प्रधानमन्त्री, मन्त्री र राष्ट्रपतिले पटक पटक मेलम्चीको पानी काठमाडौं झारेर उद्घाटन गर्दा मानिसहरू हाँस्न थालेका छन् । यो काठमाडौंबासी प्रति हेपाहा प्रवृत्ति हो ।

एउटा परियोजनाको एक पटक शिलान्याश, एक पटक उद्घाटन हुनु स्वाभाविकै भए पनि काठमाडौंका जनतालाई काकाकुल बनाएर एउटै मेलम्चीको पानीको पटक–पटक उद्घाटन गर्नु मुख्र्याइ नै हो । बरु, प्रधानमन्त्री, मन्त्रीहरूले मेलम्चीको पानी काठमाडौं ल्याउन किन ढिलो भयो ? त्यसमा कति भ्रष्टाचार भयो भन्ने कुरातिर ध्यान दिएको भए मेलम्ची मन्त्री र भ्रष्ट कर्मचारीका लागि दुहुनो गाई बन्ने थिएन ।

२०६५ सालमा मेलम्चीको ठेक्का चिनियाँ कम्पनीलाई दिइएको थियो । सुरुको लागत १७ अर्ब भनिए पनि चरम भ्रष्टाचारका कारण अहिलेसम्म ३५ अर्ब पुग्ने अनुमान गरिएको छ । २०६५ सालमा मेलम्ची सुरु गर्दा पाँच वर्षभित्र काठमाडौंमा पानी आउने अनुमान गरिएको थियो । अर्थात २०६९ सालसम्ममा काठमाडौंबासीले मेलम्चीको पानी पिउन सक्छन् भन्ने अनुमान थियो ।

एउटा परियोजनाको एक पटक शिलान्याश, एक पटक उद्घाटन हुनु स्वाभाविकै भए पनि काठमाडौंका जनतालाई काकाकुल बनाएर मेलम्चीको पानीको पटक–पटक उद्घाटन गर्नु मुख्र्याइ नै हो । मेलम्ची मन्त्री र भ्रष्ट कर्मचारीका लागि दुहुनो गाई बन्यो ।

दुर्भाग्य, विभिन्न बहानामा मेलम्ची परियोजना लम्ब्याउदा ११ वर्ष बिते पनि काठमाडौंबासीले मेलम्चीको पानी पिउन पाएका छैनन् । यसबाट के बुझ्न सकिन्छ भने मेलम्चीको पानी समयमा काठमाडौं ल्याउदा भ्रष्टाचार गर्न र कमिशन खान पाइन्न भन्ने मानसिकताले सुरुदेखि मन्त्री, प्रोजेक्ट मेनेजर लगायत कर्मचारीले विभिन्न बहानामा आजसम्म मेलम्चीलाई लम्ब्याइरहेका छन् । सुरुको लागतभन्दा १८ अर्ब बढी खर्च हुँदासमेत मेलम्चीका भ्रष्टाचारीहरूको कठालो अख्तियारले समाउन सकेको छैन ।

मेलम्ची आयोजना चरम भ्रष्टाचारको एउटा नमूना पनि हो । नेपालमा हरेक ठूला आयोजना र परियोजनाहरू समयमा निर्माण नहुनुको पछाडि शासकहरूको भ्रष्ट चरित्र नै हो । शासकहरू चोखो भइदिएको भए कर्मचारीहरू घुस खान डराउथे । तर, शासकहरूलाई मोटो रकम दिएर ठूला योजना, आयोजनामा पुग्ने कर्मचारीले घुसको रकम असुल्न घुस खानुको विकल्प पनि भएन । जसका कारण हरेक राष्ट्रिय गौरवका आयोजनामा अर्बौँ अर्ब भ्रष्टाचार भइरहेको छ ।

मेलम्चीको कथाको पात्र पल्टाउने हो भने तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीले चासो लिएको बेला उनी एक्सनमा उत्रिएको भए समयमा मेलम्चीको पानी काठमाडौं आउने थियो । तर, पाँच करोड कमिसन नपाएको झोंकमा तत्कालीन खानेपानी सचिवले इटालियन ठेकेदार बिच्क्याउदा अहिलेको समस्या निम्तिएको हो ।

प्रधानमन्त्रीले बालुवाटारमा बसेर आदेश दिने, खानेपानी सचिवले डायरी बोकेर प्रधानमन्त्रीलाई ढाँट्ने । प्रधानमन्त्रीले गम्भीरताका साथ विषयबस्तु अध्ययन नगर्ने । सचिवले जे जे भन्यो, त्यो त्यो कुरा पत्याउदै ओली स्वयंले २०७७ फागुन २२ गते मेलम्चीको पानी सुन्दरीजल झारेर उद्घाटन गरेदेखि अहिलेसम्म काठमाडौंका जनताले पनि पिउन पाएका छैनन् । योभन्दा लज्जाजनक अवस्था अरु के हुन सक्छ ?

प्रतिक्रिया दिनुहोस्