Logo
Logo

नेपाल लाइफको ‘सेल्स ट्रान्सफर्मेसन सेसन’ सम्पन्न


378
Shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको एक दिवसीय’सेल्स ट्रान्सफर्मेसन सेसन’ सम्पन्न भएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको दोस्रो त्रैयमासको व्यापार समिक्षा गर्दै आर्थिक वर्ष २०८१-८२ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको थियो ।

कार्यक्रममा कम्पनीका संचालक कमलेश कुमार अग्रवालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नेशनल सेल्स हेड उमापति पोखरेल लगायत उच्च व्यवस्थापकहरु तथा प्रादेशिक प्रमुखहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै संचालक कमलेश कुमार अग्रवालले प्रतिकूल आर्थिक अवस्थाको बावजुद पनि कम्पनीले प्राप्त गरेको उपलब्धिका निम्ति अहोरात्र खट्ने सम्पूर्ण नेपाल लाइफकर्मीलाई अन्तरमनदेखि धन्यवाद ज्ञापन गरे । उनले नेपाल लाइफ जीवन बीमा उद्योगको मार्ग प्रदर्शकको रुपमा रहेको र अहिले हासिल गरेको उपलब्धि भन्दा धेरै माथिको उपलब्धि ल्याउन सक्ने प्रचुर सम्भावना बोकेको कुरा समेत बताए ।

कार्यक्रमामा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले उत्कृष्ट प्रदर्शन गरेको र सोलाई मूर्तता प्रदान गर्न सहयोग गर्ने अभिकर्ताहरु, कर्मचारीहरु तथा समस्त सरोकारवालाहरुलाई धन्यवाद तथा शुभकामना व्यक्त गरे । आम नेपाली नागरिक बीच अझै पनि बीमा सम्बन्धी सचेतना पर्याप्त रुपमा नपुगेको हुँदा बीमा बजारमा प्रचुर सम्भावना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्