Logo
Logo

कुमारी बैंकको २४औं वार्षिक साधारण सभा सम्पन्न


378
Shares

 काठमाडौं । कुमारी बैंकको २४औं वार्षिक साधारण सभा काठमाण्डौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । 

सभाबाट पेस गरिएको आव २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आव आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आव २०८१/८२ को लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित भएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैङ्कले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग इकाईहरू मार्फत आफ्ना ग्राहकलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ । आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्