Logo
Logo

जनकपुरमा नबिल बैंकको ‘सर्टिफिकेट कोर्स’ सुरु


441
Shares

जनकपुर । नबिल बैंक लिमिटेडले जनकपुरमा नबिल एसएसई ‘सर्टिफिकेट कोर्स’ सुरु गरेको छ । बैंकले जनकपुरको मोनास्टिक हाइयर सेकेन्डरी अंग्रेजी बोर्डिङ स्कुलमा नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप अन्तर्गत उक्त कोर्स सुरु गरेको हो ।

कोर्स शुभारम्भ कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंह, नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल लगायत सहभागी थिए । बैंकका अनुसार उक्त कोर्सका लागि पहिलो समूहमा खुला आवेदनमार्फत २५ जना छनोट भइसकेका छन् ।

कोर्सको सुरुवात गर्दै मुख्यमन्त्री सिंहले बैंकले सामाजिक उद्यमशीलता बढाउने उद्देश्यले सुरु गरेको उक्त प्रयासको प्रशंसा गरे । कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक डिलाराम सुवेदीले नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुरु गरेको सामाजिक उद्यमशीलतासम्बन्धी कार्यक्रम सराहनीय भएको बताए ।

नबिल बैंकका अध्यक्ष पौडेलले सर्टिफिकेट कोर्सको पहिलो समूहका सहभागीलाई सम्बोधन गर्दै बैंक नाफामा मात्रै नभइ दिगो नतिजा ल्याउने क्षेत्रमा समेत केन्द्रित रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्