Logo
Logo

गरिमा बैंक र महालक्ष्मी विकास बैंक एनसीएचएलमा आबद्ध


504
Shares

काठमाडौं । गरिमा विकास बैंक र महालक्ष्मी विकास बैंकले कार्ड मार्फत हुने ई-कमर्स कारोबारका लागि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को ईएफटी सर्भिसेसमा आबद्ध भई थ्रीडी सेक्युर एसीएस सेवा सुरु गरेका छन् ।

उक्त सेवाको शुरुवात पश्चात् गरिमा विकास बैंक र महालक्ष्मी विकास बैंकका कार्ड होल्डरहरूले सुरक्षित तरिकाले अनलाइन ई-कमर्स कारोबार गर्न सक्नेछन् ।

उक्त सेवा प्रयोग गर्नका लागि बैंकका कार्ड होल्डरहरूले आफ्नो कार्डमा एकपटक उक्त सुविधा सुचारु गर्नुपर्ने हुन्छ ।

ई-कमर्स कारोबार गर्दा थप सुरक्षित तरिकाले भेरिफिकेसन गर्न तथा ग्राहकले अथेन्टिकेट गर्न थ्रीडी सेक्युर एसीएस सोलुसन अत्यन्तै सुरक्षित माध्यम मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्