Logo
Logo

ओलीको तगारो विद्या


12.1k
Shares

एकपटक राष्ट्रपति, उपराष्ट्रपति भइसकेको व्यक्ति पुनः पार्टी राजनीतिमा फर्किनु हुन्छ कि हुन्न भन्ने प्रश्न आफैँमा अनौठो हो । किनभने, राष्ट्रपति, उपराष्ट्रपति भन्ने पद राजनीतिभन्दा माथिको पद हो । त्यो पदमा जोसुकै पुगे पनि त्यहाँबाट झर्ने ठाउँ भनेको राजनीति होइन ।

राजनीतिबाट अवकाश जीवन नै हो । होइन, म हिजो पनि राजनीति गर्थे, राष्ट्रपति हुँदा पनि आस्थाका आधारमा पार्टीले त्यो ठाउँमा पु¥याएको थियो, त्यो जिम्मेवारीबाट हटेपछि फेरि पनि राजनीतिमा फर्कन्छु भन्ने कुरा संविधानले भन्दा पनि नैतिकताले निर्धारण गर्ने कुरा हो ।

एकपटक राष्ट्रपति भइसकेको व्यक्तिलाई नैतिकता सिकाइरहनु पर्दैन । के गर्नु हुन्छ, के गर्नु हुँदैन भन्ने कुरा स्वयंले बुझ्नुपर्छ । होइन, राष्ट्रपतिले जे गर्दा पनि हुन्छ भन्ने हो भने अबदेखि राजनीतिक आस्था बोकेका व्यक्तिलाई राष्ट्रपतिजस्तो गरिमामय पदमा पु¥याउनु हुँदैन । भारतलगायत अन्य लोकतान्त्रिक देशमा जस्तै सर्वमान्य, उँचो नैतिकता भएको स्वच्छ छविका व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्छ । ताकि उक्त पद सकिएपछि उसले देश, समाजमै बसेर काम गरोस् ।

अहिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले अध्यक्ष बन्ने चर्चा सुरु भएको छ । यो कुरा उनको व्यक्तिगत भए पनि राजनीतिमा उनी स्वीकार्य हुन्छन् कि हुँदैनन् भन्ने कुरा हेर्न भने बाँकी नै छ । एमालेमा भण्डारीको भन्दा बढी योगदान गर्ने नेताहरू अझै जीवितै छन् । पक्कै पनि ती नेताहरूमा पनि एकपटक पार्टी अध्यक्ष हुन्छु भन्ने सपना जीवितै होला । यस कुराको मूल्यांकन पार्टीका अन्य नेता, कार्यकर्ताहरूले पनि गरेकै होलान् । यस्तो परिस्थितिमा प्रतिस्पर्धाबाट पार्टी अध्यक्ष बन्न सक्ने आँट भण्डारीमा हुनुपर्छ । अन्यथा, उनले आजसम्म आर्जन गरेको ख्याति धुमिल हुनसक्छ । त्यसमाथि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली इखालु प्रवृत्तिका व्यक्ति हुन् । आफूविरुद्ध जाने नेता, कार्यकर्तालाई उनी देखि सहँदैनन् । त्यसमाथि आजीवन एमाले अध्यक्ष बन्छु भन्ने ओलीविरुद्ध भण्डारी तगारो बने भने त्यसको परिणाम के होला ?

अहिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले अध्यक्ष बन्ने चर्चा सुरु भएको छ । प्रतिस्पर्धाबाट पार्टी अध्यक्ष बन्न सक्ने आँट भण्डारीमा हुनुपर्छ । अन्यथा, उनले आजसम्म आर्जन गरेको ख्याति धुमिल हुनसक्छ । त्यसमाथि आजीवन एमाले अध्यक्ष बन्छु भन्ने ओलीविरुद्ध भण्डारी तगारो बने भने त्यसको परिणाम के होला ?

त्यसैले एमालेको अध्यक्षमा विद्या भण्डारीको चाहनालाई अहिले नै बहस गर्ने बेला भएको छैन । पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन आउन अझै एक÷डेढ वर्ष बाँकी नै छ । यो एक डेढ वर्षमा नेपालको राजनीतिले कता कोल्टे फेर्छ यसै भन्न सकिन्न । शक्तिशाली कम्युनिष्ट पार्टीको अध्यक्ष बन्ने कुरा भूराजनीतिक अवस्थामा पनि भर पर्छ । विगतदेखि अहिलेसम्म नेपाल कम्युनिष्ट पार्टीले भोग्दै आएको विभाजनको पीडा सतहमा हेर्दा नेताहरूबिचको विवाद जस्तो देखिए पनि भित्री कारण भूराजनीति प्रभाव नै हो ।

त्यसैले एमालेमा अहिले नै ओलीको विकल्प खोज्ने बेला भएको छैन जस्तो लाग्छ । ओलीकै कारण एमाले चर्चाको शिखरमा छ । २०७२ सालमा नाकाबन्दीको विरोध गरेर राष्ट्रवादी छवि बनाएका ओलीले चुच्चे नक्सा जारी गरेर राजनेता बने । मिसन ८४ मा केन्द्रित ओलीले एक्लै दुई तिहाइ ल्याउने सपना देखेका छन् । यस्तो बेलामा ओलीले विद्या भण्डारीका लागि आफ्नो राजनीति जीवनमा पूर्णविराम लगाउलान् भन्ने कुरा पत्याउन सकिँदैन ।

विद्याको महत्वाकांक्षा ओलीको लागि ‘इगो’ बन्यो भने त्यसले एमाले विभाजन हुनसक्छ । कम्युनिष्ट आन्दोलन झन् कमजोर बन्दै जान सक्छ । विगतमा कम्युनिष्ट आन्दोलनले भोग्नुपरेको राम्रा–नराम्रा पाठहरूबाट शिक्षा लिँदै अगाडि बढ्नु विद्याका लागि उचित हुनेछ । त्यसो त एकथरि कार्यकर्ताहरूले विद्यालाई उचालिरहेका छन् । अन्यथा, सोम शर्माको परिणाम भोग्नुपर्ला । त्यसैले विद्याले राजनीतिमा फर्कने विषयमा ठन्डा दिमागले सोच्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्