Logo
Logo

नेपाल इन्भेष्टमेन्ट मेगा बैंककाे साधारणसभा फागुन १५ गते 


630
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ३८औं साधारण सभा बोलाएको छ । बैंकको माघ २१ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार फागुन १५ गते राष्ट्रिय सभा गृहमा बिहान १० बजेदेखि आव्हान गरेको हो ।

बैंकले गत आवको लागि शेयर धनीहरुलाई लाभांश नदिने भएको छ । साबिक नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक मर्जर भएर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले हालसम्म सेयर धनीलाई कुनै लाभांश दिएको छैन ।

साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । सभामा लेखा परीक्षकको प्रतिवेदन सहितको गत असारमा समाप्त भएको वासलात तथा सोही मितिमा समाप्त भएको आव २०८०/८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्नेछ ।

बैंकको सहायक कम्पनी एनआइएमबि एस क्यापिटल लिमिटेड र एनआइएमबि स्टक मार्केट्स लिमिटेड समेतको आव २०८०/८१ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव पनि साधारण सभाले पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्