Logo
Logo

सिद्धार्थ बैंकद्वारा कालिका माविलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग


378
Shares

काठमाडौं । सिद्धार्थ बैंकले नवलपुरको देवचुली नगरपालिकामा रहेको कालिका माध्यमिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री उपलब्ध गराएको छ ।

बैंकको दलदले शाखाका शाखा प्रबन्धक त्रिविक्रम लामिछानेले विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।

बालबालिकाहरूको शारीरिक र मानसिक विकासका लागि सामाजिक अन्तरक्रियामा प्रोत्साहित गर्दै शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले बैंकले उक्त सामग्री रोटरी क्लबको समन्वयमा प्रदान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्