Logo
Logo

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको बिजनेस समीक्षा बैठकमा कसले के भने ?


378
Shares

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि.ले बिजनेश समीक्षा बैठक हालै चितवनको सिराइचुलि होटेलमा आयोजना गरेको छ ।

उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष रतनलाल केडिया, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, वरिष्ठ नायब कार्यकारी अधिकृत राकेश पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृत निराजन कँडेललगायत व्यापार अधिकृतहरू, रिजनल म्यानेजरहरू, एरिया म्यनेजरहरू, शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कम्पनीका अध्यक्ष केडियाले सफलताका लागि नयाँ प्रविधि र नयाँ सोचलाई अपनाउनुपर्ने र नयाँ अभिकर्ताहरुको संख्या विस्तार कार्य तत्परताका साथ गर्नुपर्ने बताए । उनले आफ्नो लक्ष्य प्राप्त गर्न र कम्पनीलाई नयाँ उचाईमा पुर्याउन परम्परागत कार्यशैली, विधिहरूमा प्रभावकारी र नवीनतम तरिकाको प्रयोग गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले कर्मचारीहरू कम्पनीका गहना र निधि भएकाले कम्पनीको सफलता पनि उनीहरूले गर्ने कार्य र योगदानमा निर्भर रहने बताए । कर्मचारीहरू आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्केर थप मेहनत गर्नुपर्ने र सो कुराले कम्पनीलाई प्रतिस्पर्धात्मक बजारमा अग्रस्थानमा स्थापित गराउन मद्दत पुग्ने उनले उल्लेख गरे ।

साथै, उनले आफ्नो सफलता सुनिश्चित गर्न सिकेका कुराहरूलाई व्यवहारमा इमान्दारीतापूर्वक उतार्नु आवश्यक रहेको बताए ।
कार्यक्रममा आ. ब. २०८१÷८२ को अर्धवार्षिक समीक्षा अवधिमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने क्षेत्रीय प्रबन्धकहरू, एरिया म्यानेजरहरु, शाखा तथा उपशाखाका प्रबन्धकहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्