
काठमाडौं । साल्ट ट्रेडिङकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानित भएकी छन् ।
नेपाल व्यवस्थापन संघले आफ्नो ४४औँ वार्षिक साधारणसभामा हरेक वर्ष प्रदान गर्दै आएको ‘म्यानेजर अफ द इयर’ को अवार्ड उत्कृष्ट व्यवस्थापकहरुबाट श्रेष्ठलाई प्रदान गरेको हो । ३७ वषैदेखि साल्ट ट्रेडिङ कर्पोरेसनमा कार्यरत श्रेष्ठ सन् २००७ यता प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेर कार्य गरिरहेकी छन् ।
साल्ट ट्रेडिङ कर्पोरेसनमा रहेर देशभर नुन वितरणको राष्ट्रिय जिम्मेवारी पूरा गर्नुका साथै उनले व्यापार विविधिकरणमार्फत साल्ट ट्रेडिङको वित्तीय दिगोपना एवं सामाजिक कल्याणमार्फत उदाहरणीय योगदान पुर्याउँदै आएकी छन् ।