Logo
Logo

नेपाल लाइफ इन्स्योरेन्सको २५औँ वार्षिक साधारणसभा सम्पन्न


441
Shares

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल सघांईको अध्यक्षतामा पर्सा जिल्लाको वीरगन्जस्थित होटल भिष्वामा सभा सम्पन्न भएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ११.०५ प्रतिशत नगद (कर समत) लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । बोनस शेयर वितरणपछि जारी चथा चुक्ता पूँजीलाई तदनुरूप वृद्धि गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आवको लागि लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय समेत टुङ्गो लगाएको छ ।

कम्पनीले वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले माघ १० गते एक दिन बुक क्लोज गरेको थियो । तसर्थ, बुक क्लोजको आधारमा माघ ९ गतेसम्म कायम शेयर धनीले सभामा भाग लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्